Developed By Kuldeep Sharma

१० महिना अगाडि

असार अन्तिमतिर आउँदासमेत पर्याप्त पानी पर्न सकेन, अझै केही दिन लगातार झरी नपर्ने

काठमाण्डौ – असार अन्तिमतिर आउँदासमेत पर्याप्त पानी पर्न सकेको छैन । यसले गर्दा रोपाइँ प्रभावित भइरहेको छ ।

मौसमविद्ले अझै केही दिन लगातार झरी पर्ने सम्भावना नरहेको बताएका छन् । लगातार झरी नपरे पनि केही ठाउँमा पानी पर्ने र रोकिने क्रम भने चलिरहने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले कोशी र मधेस प्रदेशका सबैजसो ठाउँमा र बाग्मती प्रदेशका पूर्वी क्षेत्रमा मौसम बदली भएको छ ।

कोशी, मधेस, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

गएराति कोशी प्रदेशको झापामा ठूलो वर्षा भएको थियो । आज पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

यसपालिको मनसुनमा अहिलेसम्म खण्ड खण्ड भएर पानी परिरहेको छ । कुनै एक क्षेत्रमा ठूलो वर्षा भए पनि नजिकैको अर्को क्षेत्रमा सुक्खा छ ।

मनसुनको शुरुवातमा कोशी प्रदेशका पूर्वी पहाडी जिल्लामा लगातारजसो ठूलो वर्षा भएको थियो ।

त्यसपछि भने खासै पानी पर्न सकेको छैन । यसपालिको मनसुनमा सरदर भन्दा कम वर्षा हुने अनुमान यसअघि नै सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma