Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

विजयनगर गाउँपालिकालाई गितसंगित बाट चिनाउदै गायक भण्डारी

Bijaynagar office

कपिलवस्तु विजयनगर गाउँपालिकाका चर्चित लोक तथा आधुनिक गायक दिपक भण्डारीले आफ्नै शब्द संगित र स्वरमा सिङ्गो विजयनगर गाउँपालिकालाई चिनाउने गित तयार गर्नुभएको छ । गाउँपालिकाको दोस्रो गाउँ सभामा भण्डारीको पालिकालाई चिनाउने गितको बिहिबार सार्वजनिक गरिएको छ ।
दर्जनौं लोक तथा आधुनिक गित बजार ल्याइसकेका भण्डारीले पालिकाको समग्र क्षेत्रलाई गित मार्फत परिचित गराउनु भएको छ । विकासको प्रगतिमा जिल्लामा नै अग्र स्थानमा रहेको गाउँपालिकाको पहिचानलाई भण्डारीले गितबाट पनि अगाडी बढाउनु भएको छ ।
गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकका अवसरमा गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरेको पालिकाको पहिचान गराउने मौलिक गीतको अडियो सार्वजनिक गरिएको हो । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गीत बजाएर गाउँसभामा सार्वजनिक गर्नु भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले गाउँपालिका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु, भाषा सँस्कृति, उर्वरभूमी लगायतका विषयवस्तुहरु गीतमा समेट्ने प्रयास गरिएको बताउनु भयो । उहाँले भिडियो बनाउने काम सुरु भएको र भिडियो सम्पन्न पश्चात भिडियो सहित सामाजिक सञ्जालनमा सार्वजनिक गरिने उहाँले बताउनु भयो ।
गीतको लय तथा शब्द संकलन लोक तथा आधुनिक गायक दिपक भण्डारीले गरेका हुन भने गीतमा गायक भण्डारीको साथमा लोक तथा दोहोरी गायिका मञ्जु भट्टराईले स्वर दिनुभएको छ । गायक दिपक भण्डारी लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका प्रथम उपाध्यक्ष समेत हुन । विगतका बर्षमा दुर्गम भनेर चिनिएको अध्यक्ष गोपाल थापाको पहिलो कार्यकालबाट नै विकासको गतिमा बढेको र अबको दोस्रो कार्यकालमा पनि विकासले फड्को मारेको छ । गाउँपालिकालको सम्रग पहिचान गितबाट गराउने प्रयास स्वरुप गित तयार पारिएको गायक भण्डारीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma