Developed By Kuldeep Sharma

७ महिना अगाडि

सिद्धार्थ लुम्विनी ग्रिन रिर्सोट चन्द्रौटा कपिलवस्तु संचालनको दोस्रो वर्ष पुरा

असोज २१ कपिलवस्तु
सिद्धार्थ लुम्विनी ग्रिन रिर्सोट चन्द्रौटा कपिलवस्तु संचालनको दोस्रो वर्ष पुरा भएको छ । रिर्सोटले दोस्रो वार्षिक उत्सवको अवसरमा आईतवार विविध कार्यक्रम सम्पन्न गरेको छ । संचारकर्मी संग अन्तरक्रिया र कर्मचारी विच वार्षिक उत्सवको अवसरमा सुभकामना आदान प्रदान गरेको छ ।
स्थापनाको दुई वर्ष पुरा गरेको रिर्सोट व्यवसायिक रुपमा सफलता प्राप्त गरेको संचालक समितिका अध्यक्ष लक्षमण भण्डारीले वताउनुभएको छ । रिर्सोटमा नेपाल भारत र अन्य तेस्रो मुलकवाट समेत आगन्तुक आउने गरेको भण्डारीले वताउनुभयो । नेपाल सरकारले पर्यटन प्रवद्र्धन तर्फ रिर्सोटलाई पुरस्कृत गरको समेत अध्यक्ष भण्डारीले वताउनुभयो । कर्मचारीको अथक मेहन्त र स्थानीय आम नागरिकको सहयोग , सदभावले रिर्सोटले सफलता पाएको वताउनुभयो ।
चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष एवंम रिर्सोट संचालक समितिका सदस्य ईश्वरी प्रसाद पाण्डले नेपालको भविष्य कृषि र पर्यटनमा रहेको वताउनुभएको छ । उहांले पर्यटन प्रवद्र्धनको लागी आर्थिक संकट र अहिलेको कठिन अवश्थामा पनि लगानी गरिरहेको वताउनुभएको छ । नेपालमा छिमेकी मुलक भारत र चिनवाट जनसंख्याको एक प्रतिशत पर्यटक आएमा पनि नेपालका ठुला होटलहरु संचालनमा समस्या नहुने वताउनुभएको हो । त्यसका लागी राज्यले नेपालका पर्यटकीय स्थलहरुको प्रचारप्रसार र पर्यटक भित्राउन भुमिका निभाउनुपर्ने वताउनुभयो ।
व्यापार संघ कपिलवस्तुका अध्यक्ष एवंम रिर्सोट संचालक महादेव पोख्रेलले सिद्धार्थ लुम्विनी ग्रिन रिर्सोट कपिलवस्तु जिल्लाको गौरव भएको वताउनुभएको छ । पोख्रेलले रिर्सोटले प्रत्क्षय दुई सय जना स्थानीयलाई रोजगारी दिएको वताउनुभएको छ । क्यासिनो संचालनको अन्तीम तयारी रहेकाले तत्कालै ४ सय जना स्थानीयलाई रोजगारी दिने पनि वताउनुभएको छ । उहाले रिर्सोटको क्षमतावृद्धीको लागी ५२ कोठाको सुविधाजनक भवन निर्माण पनि भईरहेको वताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma