Developed By Kuldeep Sharma

३ महिना अगाडि

बलुहवामा साप्ताहिक स्वास्थ्य सेवा केन्द्र उद्घाटन

माधव बेल्वासे

कपिलवस्तु ,२२ मंसिर

कपिलवस्तुको शिवराज नगरपालिका ३ बलुहवामा साप्ताहिक स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको छ । वडामा रहेको स्वास्थ्य चौकी स्थानीयलाइ पाएक नपरेको हुदा गाउँ केन्द्र स्थापना गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । अहिलेलाइ साप्ताहिक रुपमा सेवा सुरु गरेको र सेवाग्राहीको अवस्था हेरेर दैनिक सेवा सुरु गरिने सापकोटाले बताउनु भयो । वडा मिलान यहाँ बाट सम्भावना नभएको केन्द्रमा सिफारिस भएपनि कार्यान्वयन नभएको बताउनुभयो ।
शुक्रवार आयोजित उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले वडा मिलान हुन नसक्दा स्थानीयहरु लाई असहज भएको बताउनुभयो । सानो सानो कामको लागि वडा जानुपर्ने भएपनि नजिक नहुदा गाउँ वासिलाइ समस्या भएको र यसबारे आफू जानकार रहेको केसिले बताउनुभयो ।
वडा कार्यालयले साप्ताहिक रुपमा वडाको काम र स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याउनु निकै सकारात्मक कुरा रहेको केसिले बताउनुभयो ।


कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापाले स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकता राखेको बताउनुभयो । नागरिकको सबै भन्दा महत्त्वपूर्ण भनेकै स्वास्थ्य रहेको यसमा सबै गम्भीर हुनुपर्ने जिकिर गर्नुभयो । नगर उपप्रमुख शिवकुमारि थारुले नागरिकलाई सहज रुप सेवा प्रदान गर्न पालिका खटेको बताउनुभयो । थारुले ग्रामिण भेगमा सेवा केन्द्र स्थापनाले गाउँटोलमै सेवा पाइने बताउनुभयो । कार्यक्रमको अवसरमा जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma