Developed By Kuldeep Sharma

३ महिना अगाडि

चन्द्रौटा ट्राफिकको सक्रियता : जेब्रा क्रसिङ ,लाइन मार्किङ

कपिलवस्तुको चन्द्रौटा बजारमा जेब्रा क्रसिङ ,लाइन मार्किङ गरिएको छ । चन्द्रौटा बजार क्षेत्रभर पार्किङ लाई व्यवस्थित गर्न उक्त काम गरिएको हो ।
साँघुरा सड्क, बढ्दो सवारी चाप, पैदल यात्रुको जथाभावी सड्क काट्ने बानी लगायत कारणले  सडक दुर्घटना हुने जोखिम बढ्दो छ । बढ्दो ट्राफिक समस्याले पछिल्लो समय चन्द्रौटा  बजार भित्र छोटो दुरीमा पनि लामो समय लाग्ने गरेको छ ।
बढ्दो ट्राफिक समस्याले स्थानीय बासिन्दा र पैदल यात्रु पनि समस्यामा परेको गुनासो गर्छन् । दैनिक जसो हुने साना ठुला दुर्घटनालाई रोक्न चन्द्रौटा ट्राफिकले चेकजाचलाई समेत कडाइ गरेको छ । ठुला ठुला आवाजमा दौडने मोटरसाइकल पुर्ण रुप नियन्त्रण लिएको  चन्द्रौटाका ट्राफिक पोस्टका इन्चार्ज प्रहरी नायब निरीक्षक दामोदर मल्लले बताउनुभयो ।

बुटवल भैरहवा पछिको मुख्य बजार चन्द्रौटा रहेकोले यस क्षेत्र लाई सुन्दर व्यवस्थित बनाउनुपर्ने मल्लको भनाइ छ । आफू आएको ३० दिनको अवधिमा केही वेथितिलाइ अन्त्य गर्न सफल भएको  बताउनुभयो । राजधानी सग नजिक रहेको यो बजारलाइ नमुना बनाउनुपर्ने बताउदै ट्राफिक प्रहरी सग स्रोत साधन भएसम्म चन्द्रौटा बजारलाई व्यावस्थित र नमुना बजारको रुपमा बिकास गर्न  पुर्ण रुपमा लागिपर्ने उहाको भनाइ छ ।  अहिले यो क्षेत्रमा  जेब्रा क्रसिङ तथा लाईन मार्किङको काम समेत सम्पन्न भएको  छ । जसले बजार सुन्दर सगै हिडडुल गर्न समेत सहज भएको छ ।

बजारमा जेब्राक्रसिङ नहुदा पैदल यात्रु जथाभावी हिड्ने र सवारिको गती समेत कम नभएको पाइएकोले नगरपालिका सग समन्वय गरेर काम गरेको मल्लले बताउनुभयो । त्यस्तै चन्द्रौटामै सन्केत बोर्ड समेत राखेको र अन्य ४ ठाउमा राखिने मल्लले बताउनुभयो ।  बजारमा पार्किङ तथा जथाभावी ठेलाहरुले बजारलाइ कुरुप बनाएकोले व्यवस्थापन गर्न सबै लाग्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma