Developed By Kuldeep Sharma

अरनिको सहकारी १४ औँ साधारण सभा सम्पन्न

अरनिकोबचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारण सभा सम्पन्न भएको छ । २०६६ सालमा स्थापना भएको अरनिको बचत तथा ऋण सहकारीले आज सस्थाका अध्यक्ष दोर्ण प्रसाद उपाध्यायको अध्यक्षता तथा लुम्बिनी प्रदेश शभा सदस्य अर्जुन कुमार केसिको प्रमुख आतिथ्यतामा सम्पन भएको हो । कार्यक्रममा सस्थाका अध्यक्ष दोर्ण प्रसाद उपाध्यायले सहकारीबाट ऋण लिएर उत्पादनशिल क्षेत्रमा लगानि गरी स्व रोजगार तथा आत्मनिभर बन्न आग्रह गर्नुभयो । वार्षीक प्रतिवेदन पेश गर्दै अध्यक्ष उपाध्ययले अहिले संस्थामा ७ सय सदस्यहरु रहेको र २ करोड ५४ लाख ५३ हजार शेयर पुजी संकलन भएको बताउनुभो । छोटो समयमा लोकप्रिय संस्थाको रुपमा चिनिएको भन्दै सबै शेयर सदस्यहरुको साथ र सहयोगका कारण सफलता पाएको बताउनुभयो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथी प्रदेश शभा सदस्य अर्जुन कुमर केसिले अरनिको सहकारी संस्थाले उत्कृष्ट सहकारीको रुपमा आफूलाई स्थापित गर्न सफल भएको बताउनुभयो । सहकारीले बचत गर्ने बानीको बिकास गरेको बताउदै उत्पादनसिल सहकारीले देशको अर्थव्यवस्था मजबुत बनाउने हुदा सहकारीलाइ उत्पादन मुखि बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा शिवराज नगरपालिका सस्थापक नगर प्रमुख नेत्रराज अधिकारीले दुइ पैसाको लोभमा सहकारीमा पैसा जम्मा गर्दा लाखौँ रुपैया डुबेको र धेरैको बिचल्ली भएको बताउदै सहकारीलाइ विश्वासिलो तरीकाबाट अगाडि बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्षहरु खिम बिक्रम केसि, राम बहादुर चौधरी, नेत्र बेल्वासे, सहकारीका सस्थापक अध्यक्ष सरद अधिकारी, निर्वतमान अध्यक्ष नारायण भाट, व्यापार सघं केन्द्रिय सदस्य महादेब पोख्रेल, विभिन्न सघं सूथा तथा सहकारीका प्रतिनिधीहरु, सस्थाका पदाधिकारी, सदस्य, लेखा समिति सदस्यहरु तथा सेयर सदस्यहरुको सहभागिता रहेको थियो । सहकारीको प्रागंणमा भएको उक्त सभामा द्रोण प्रसाद उपाध्ययको अध्यक्षता,प्रदेश सभास सदस्य अर्जुन कुमार केसीको प्रमुख आतिथ्यता र सचिव नवराज न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma