Developed By Kuldeep Sharma

४ महिना अगाडि

सहिदका पिता घर्तीको निधनप्रती बनिभारमा शोक सभा

कपिलवस्तु -नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वडा कमिटीको समन्वय नगरसमितीको आयोजनामा सहिद रमा घर्ती आरतिकि पिता जोग बहादुर घर्तीको निधनप्रती बनिभारमा शोक सभा गरेको छ । घर्तीको यही पौष २१ गते उहाकै निवासमा फोक्सोका क्यान्सरका कारण ७८बर्षको उमेरमा दु:खद निधन भएको थियोे  ।
आइतबार उहाको निवासमा माओवादी नेता कार्यकर्ताको उपस्थितिमा १ मिनेट मौन धारण ,र उहाको तस्बिरमा अबिर र पुष्प अर्पण गरि शोकसभा सम्पन्न गरेको हो ।
शोक सभालाइ सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य क द्रोण बहादुर पुन दोनेशले माओवादी आन्दोलन र मुलुकलाई अहिलेको अवस्थामा सम्म ल्याउन अमर सहिद आरती र उहाको परिवारको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भएको थियो । भुमिगत समय देखि अहिले सम्म पार्टी लाई महत्त्वपूर्ण सहयोग गरेको उहाको परिवारले यो परिवर्तन सम्भव हुनुमा उहाहरुको ठुलो योगदान रहेको पुनको भनाई छ । उहाँको निधनले पार्टी तथा उहाको पृवारलाई ठुलो क्षती भए पनि शोकलाई शक्तीमा बदल्नुपर्ने जिकिर समेत गर्नु भयो ।
कार्यक्रम नगर का.बा. अध्यक्ष चिन्ता परियार ,वडा अध्यक्ष रामगोपाल चौधरी ,पुर्व बडा अध्यक्ष चुर बहादुर खड्का जीवन,र प्रदेश नगर र वडाका नेता कार्यकर्ताको उपस्थितिमा सप्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma