Developed By Kuldeep Sharma

स्थानीय तहमा कानुन अधिकृत आवश्यक छ :सभामुख घर्ती मगर

माधव बेल्वासे
चन्द्रौटा,२९ पुस
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तहमा कानुन अधिकृत आवश्यक रहेको बताउनुभएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूमा कानुन सम्बन्धी विज्ञता नभएको र कर्मचारी पनि नहुँदा कानुन निर्माण तथा कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो । आइतवार कपिलवस्तुका जनप्रतिनिधि सँग प्रदेश सभा र स्थानीय तह बिच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी अन्तरक्रिया पश्चात् पत्रकारहरू सँग भेटघाट गर्दै यस्तो बताउनुभएको हो । उहाँले यस अघि पनि केही जिल्लाका जनप्रतिनिधि सँग अन्तरक्रिया गर्दा कानुन निर्माणमा समस्या रहेको गुनासो आएको बताउनुभयो । प्रदेशको आगामी अधिवेशनमा बाट स्थानीय तहमा कानुन,ऐन, नियमावली,निर्देशिकाहरू निर्माण तथा कार्यान्वयन गर्न सहज हुने गरि व्यवस्था मिलाउन प्रयास गरिने बताउनुभयो ।
स्थानीय तहका कानुन प्रदेश र सङ्घका कानुन सँग बाझिएको भन्दै त्यस सचेत भएर कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो काम र कर्तव्य बारे अध्ययन गर्न आवश्यक रहेको जनाउनुभयो । “कतिपय ठाउँमा मेयर उपमेयरको अधिकारको विषयमा विवाद भएको पाइन्छ, उहाँले भन्नुभयो, “स्थानीय तहले कानुन बनाउन समस्या देखेपछि केन्द्र स्थानीय सरकार सञ्चालन ऐन २०७४ निर्माण गरी कार्यान्वयन गर्न भनेको छ ।”
सभामुख घर्ती मगरले सङ्घीयताका मर्म नबुझ्दा समाजमा सङ्घीयता विरुद्धको तत्त्व हाबी भएको बताउनुभयो । सङ्घीयतालाई मजबुत बनाउँदै आफ्नो अधिकारको प्रयोग गरी जनप्रतिनिधिहरूको क्षमता वृद्धि गर्न सकेमा सङ्घीयताको औचित्य पुष्टि हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma