

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा वडा स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । यहि पौष २८ गते देखि मदवामा सुरु भएको खेलको मंगलबार एक कार्यक्रमका समापन गरिएको छ । वडामा भएका कराते, ब्यामिन्ट्न, फुटबल,भलिबल र कृकेट खेलको खेलाडीहरुलाइ नगद रासी सहित मेडल , प्रमाणपत्र प्रदान गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनु भयो । नगरपालिकामा हुने मेयर कप तथा उपमेयर कप २०८०मा सहभागीताका लागि वडा स्तरीय खेलको आयोजना गरिएको थियोे । बुद्धशक्ति कराते डोजोको आयोजना तथा वडा नम्बर ३को सहयोगमा सम्पन्न प्रतियोगितामा कराते खेल तर्फ समयथान कराते डोजो प्रथम , कलौनी डोजो द्दितिय र चन्द्रौटा डोजोले तृतीय स्थान हासिल गरेको छ ।

यसैगरि ब्याडमिन्टन तर्फ सुर्य बहादुर खासु, बाबुराम भुसाल प्रथम हुनुभएको छ भने बिक्रम केसिको टिम द्दितिय स्थान हासिल गर्न सफल भएको छ । यसैगरी फुटबल खेलतर्फ मदवा मनास्लु युवाक्लब प्रथम भएको छ । भने कृकेट खेलमा सोनबस्री युवा क्लब प्रथम भएको छ ।यसै गरि भलिबल तर्फ मनोजराना टिम प्रथम र दामोदर भुसालको टिम द्दितिय स्थान हासिल गर्न सफल भएको थियोे । पाँच खेलमा गरि करिब ३०० बढी खेलाडी को सहभागीता रहेको थियो ।
प्रथम हुने टिमलाइ वडा अध्यक्ष टेकलाल सापकोटाले ३ हजारका दरले १५ हजार पुरुस्कार प्रदान गर्नुभएको थियोे । समापन समारोह कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि चन्द्रौटा उधोक बाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेलेले वडा नम्बर ३ ले खेलाडीको हौसलाका लागि बिगत देखि नै उत्कृष्ट कार्य गर्दै आएको बताउदै खेलाडीका लागि नगरमा फिल्ड तथा कवडहल नभएको प्रती ध्यानाकर्षण गराउनु भयो । उहाँले नगरपालिका भित्र रहेका सार्बजनिक जग्गा नगरले कब्जा गरि खेलाडीहरुका लागि कवड हल निर्माण गर्न अनुरोध गर्नुभयो ।
यसै गरि कार्यक्रम लाई सम्बोधन गर्दै वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले आफ्नो वडाका खेलाडीहरुको मागको आधारमा उनिहरुका माग पूरा गरि खेल क्षेत्रमा अगाडि ल्याउन आफुले कुनै कसर बाकी नराख्ने बताउनु भयो । उहाँले खेलाडी एक दिन मात्र नभई बर्ष भरी नै खेल्ने बाताबरण मिलाउनका लागि वडाले खेलाडीहरुलाइ १ लाखको सामाग्री बितरण गरिएको र नगरमै यस्को सिको गर्नुपर्ने बताउनु भयो । खेलले युवा युवतीलाई लाई कुलत बाट बचाउने र अनुसाशनमा बस्न सिकाउने हुदा खेल खेल्न जरुरी रहेको बताउनु भयो । वडा नम्बर ३ को खेलकुद बिकास लागि सम्पूर्ण खेलका खेलाडी संग समन्वय गरि अझै बिस्तृत तरिकाले अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा कार्यपालिका सदस्य बुद्धिकला भण्डारी ,समयथान माध्यमिक बिद्यालयका प्र.अ गिरि प्रसाद गैरे, थानेश्वर भुसाल, नेपाल कराते महासंघ लुम्बिनी प्रदेश सचीव रामु सुनार, समाजसेवी गङ्गधर भट्टराई, हिरा भण्डारी ,सुर्य बहादुर खासु तुल्सी भुसाल लगाएतको आतिथ्यता रहेको कार्यक्रम वडा सचीव रामफल चौधरीको स्वागत मन्तव्य र खेल संयोजक नवराज पौडेलको संचालनमा सम्पन्न भएको थियोे ।


प्रतिक्रिया