Developed By Kuldeep Sharma

११ महिना अगाडि

कपिलवस्तुमा शव फेला

कपिलवस्तु नगरपालिका ४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा गाडिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । कोदाहवा चोकदेखि दक्षिण ५ सय मिटर नहरको कुलोमा टाउको नभएको शव खाल्टोमा गाडिएको अवस्थामा फेला परेको हो ।
सोमबार बिहान गाडिएको ठाउँबाट पुरुषको शव निकालिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो । हत्या गरी शव गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेका छ । पुरुषले जिन्सको सट लगाएको र नाडीमा धागोसमेत बाँधिएको अवस्थमा रहेको छ । प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर शवको मुचुल्का गरेको छ ।
घटनास्थलमा तालिम प्राप्त ककुरसहित टोली परिचालन गरिएको छ । मृतकको अझैसम्म पहिचान भने नखुलेको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । शव पोस्र्टमका लागि कपिललस्तु अस्पताल लगिएको छ । घटनाको अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma