Developed By Kuldeep Sharma

२ हप्ता अगाडि

शिवराजमा संस्थागत बिधालयका शिक्षकले नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक पाउने

शिवराज नगरपालिका भित्र आवद्व रहेका निजि तथा सस्थागत बिधालयमा पढाउने शिक्षकले न्युनतम पारिश्रमिक नेपाल सरकारले तोके बमोजिम पाउने भएका छ्न ।
संस्थागत (निजि) बिद्यालयका संचालन समितीका अध्यक्ष,बिद्यालयका प्रधानध्यापक र नगरशिक्षा समिती सहितको आज बसेको बैठकले निजि बिधालयमा अध्यापन गर्ने शिक्षकलाई बैक खाता मार्फत नेपाल सरकारले तोकेको पारिश्रमिक दिने र सोको प्रमाणित प्रतिलिपि नगरपालिका बुझाउने सहमती भएको नगर प्रमुख अजय थापाले बताउनुभयो । साथै उक्त बैठकले संस्थागत बिद्यालयलाई क,ख र ग बर्गमा वर्गीकरण गरि मासिक शुल्क निर्धारण गर्ने समिति गठ्न गरि काम अगाडि बढाउन निर्देशन दिएको छ ।
कुनै पनि शुक्ल लिदा स्पष्ट विवरण खुलाउने बिषयमा पनि सहमती भएको प्रमुख थापाले बताउनुभएको छ ।

नेपाल सरकारको २०८०/८१ को लागि न्युनतम मासिक पारिश्रमिक १७३०० तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma