विजयनगर गाउँपालिकाले आर्थिक वर्ष ०८१÷८२ का लागि ६४ करोड २५ लाख ५० हजार रुपैयाँको बजेट पेस गरेको छ । आजबाट सुरु गाउँसभामा उपाध्यक्ष लक्ष्मी चौधरीले बजेट पेश गर्नुभएको हो । आउँदो आर्थिक वर्षका लागि आन्तरिक आय ३ करोड ५१ लाख रुपैयाँ हुने अनुमान बजेटमा छ । आन्तरिक आयमा घरजग्गा रजिस्ट्रेसन र आय ठेक्क समावेश गरेको उपाध्यक्षले बजेट भाषणमा उल्लेख गर्नुभयो ।
गाउँपालिकाक अध्यक्ष गोपाल थापाले छोरी बचाउँ छोरी पढाउ अभियान,क्षमता विकास तालिम,कृषि पकेट क्षेत्र,अस्पताल सञ्चालन लगायतका योजनाहरु रहेको बताउनुभयो । शंकरपुर ताललाई समग्र विजयनगरको पहिचान भएको बताउँदै गौरवको योजना अन्तर्गत संघीय सरकारले यस वर्ष बजेट विनियोजन गरेको बताउनुभयो ।
अध्यक्ष थापाले सामाजिक विकासलाई गाउँपालिकाले जोड दिएको जिकिर गर्दै गाउँपालिका–६ बद्धौरमा निर्माण भएको १५ शैय्याको अस्पताललाई सञ्चालनमा ल्याउने र शिक्षा क्षेत्रमा आवश्यकता अनुसार भौतिक पुर्वाधारको संरचना निर्माणसँगै शैक्षिक गुणस्तरीयतालाई विशेष कार्यक्रममा राखी गाउँपालिकाले अगाडी बढ्ने बताउनुभयो । यस्तै एक गाउँ, एक कृषि, पशु प्राविधिक नीति तथा कार्यक्रममा समावेश गरिएको अध्यक्ष थापाको भनाई छ


प्रतिक्रिया