Developed By Kuldeep Sharma

३ महिना अगाडि

शिवराजको शिक्षक सरुवा प्रति समिति सदस्य खनाल असन्तुष्ट

कपिलवस्तुको शिवराज नगरपालिकाका नगर शिक्षा समिति सदस्य हुमकान्त खनालले नगरपालिकामा ध्यानाकर्षण पत्र दर्ता गराउनु भएको छ ।  शिवराज नगरपालिकाले शिक्षकहरुलाई अनावश्यक सरुवा गरी दुख दिएको भन्दै शिक्षा समिति सदस्य खनालले ध्यानाकर्षण पत्र दर्ता गर्नु भएको हो ।शिक्षकहरुलाई बदनियत पुर्वक सरुवा गरेपछि खनालले असार १० गते सोमबार ध्यानाकर्षण पत्र दर्ता गर्नु भएको हो ।राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटाका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका खनालले पालिकाले असारमा शिक्षकहरुलाई सरुवा गरि दुख दिने नियत राखेको भन्दै ध्यानाकर्षण पत्र दर्ता गर्नु भएको छ ।

ध्यानाकर्षण पत्रमा नगरपालिकाका शिक्षकहरुलाई स्थानीय कार्यविधि बनाई सोहि कार्यविधिमा टेकी सरुवा गरिएकोमा अहिले पुनं शिक्षकहरुलाई दुख दिने नियतले सरुवा गरेको शिक्षा समिति सदस्य खनालले बताउनु भयो ।शैक्षिक सत्र सुरु भएको ३ महिना हुदा महिनैपिच्छे शिक्षक सरुवा गरिनु गैरकानुनी भएको खनालले जानकारी दिनुभयो ।

केहि शिक्षकहरु सरुवा गरिएको विद्यालयमा सरुवा नभई यथास्थानमा अध्यापनरत रहेको र पुनः यस कार्यालयको शिक्षा समितिले केहि शिक्षक सहित बालविकासका सहयोगी कार्यकर्ता समेतको सरुवा गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।पहिला सरुवा भई हाजिर हुन गएको एक महिना नबित्दै पुनः अर्को विद्यालयमा सरुवा गरिनु, यसरी कुनै शिक्षकलाई अपायकमा राखी रहनु, कुनै शिक्षकलाई टिप्पणी उठाएर सरुवा गरिनु, शिक्षकहरुलाई सरुवा गर्दा उनीहरुको इच्छा विपरीत सरुवाका लागि लिइने निवेदन बिना सरुवा पत्र निकालेको पत्रमा उल्लेख गरिएको छ ।शिक्षकहरुमा भएका कमिकमजोरीका लागि सुध्रिने मौका नदिइनु, यद्दपि स-साना बालबालिकालाई अध्यापन गराउने बालविकासमा कार्यरत सहयोगी कार्यकर्ता समेतको मनोभावना नबुझी अपायक स्थानमा पूर्वाग्रही रुपमा सरुवा गरिनु जस्ता कार्यले गुणस्तरीय शिक्षा सहितको निःशुल्क शिक्षा सफल हुन सक्ला र ? भनेर उहाले प्रश्न गर्नु भयो ।

शिक्षकहरुको कार्य गर्ने मनोबल कसरी उच्च हुन सक्ला र ? सत्रको सुरुवातमा नै बिषय अनुसार रुटिन बनाइ शिक्षकले विषयगत रुपमा बार्षिक कार्ययोजना निर्माण गरि अध्ययन अध्यापन कार्यमा सरिक हुनुपर्नेमा बाह्रै महिना शिक्षक फेरबदल गरिरहदा शिक्षाको गुणस्तर तथा शिक्षकमा उच्च मनोबल कायम गर्न सकिएला ?ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

प्राथमिक तहमा अंग्रेजी माध्यममा अध्यापन गर्न एकै प्रकारका शिक्षक रहँदा साच्चि नै गुणस्तरीय शिक्षाको नारा सार्थक होला ? यी र यस्ता किसिमका गतिबिधि पूर्वाग्रही देखिएकाले सरुवा गरिएका शिक्षक र बालविकासमा कार्यरत सहयोगी कार्यकर्तालाई यथास्थानमा नै राखी शिक्षकहरूको मनोविज्ञानपूर्ण त्रासको बाताबरणलाई हटाउनका लागि यो ध्यानाकर्षण पत्र पेश गरिएको छ ।

यस्तै नगरपालिकाले वडा नं ४ को बरगदवा र वडा नं ११ को थुन्हियाका शिक्षकहरुलाई अनावश्यक सरुवा गरेकाले शिक्षकहरु समेत असन्तुष्ट रहेका छन । बिद्यालय ब्यवस्थापन समितिले सरुवा बदरका लागि पालिकामा लिखित अनुरोध समेत गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma