Developed By Kuldeep Sharma

१२ महिना अगाडि

रोटरी क्लव अफ कपिलवस्तुको अध्यक्षमा पाण्डे

रोटरी क्लब अफ कपिलवस्तुको अध्यक्षमा वालकृष्ण पाण्डे चयन हुनुभएको छ । रोटा वर्ष २०२४/२५को लागि अध्यक्षमा पाण्डे चयन हुनुभएको हो । शिवराज नगरपालिका १ शिवपुरमा रहेको शिवगढी स्कुलको सभाहलमा भएको एघारौ पद हस्तान्तरण कार्यक्रममा पुर्व अध्यक्ष विष्णुमाया गैरेले पाण्डेलाई पद हस्तान्तरण गर्नुभएको हो । गैरेले आफ्नो कार्यकालमा गरेका कामको बारेमा जानकारी गराउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा नव निर्वाचित अध्यक्ष पाण्डेले आगामि वर्ष लागुऔषध नियन्त्रणको पहल गर्ने,वृक्षारोपण गर्ने,रक्तदान गर्ने,स्वास्थ्य शिविर,शान्ती बाटिका निर्माण गर्ने लगायतका काम गर्ने बताउनुभयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापाले रोटरीका योजनामा पालिकाले साथ दिने बताउनुभयो । रोटरी क्लबले शिक्षा,स्वास्थ्य लगायत सामाजिक काममा हातेमालो गरेर अगाढी बढन सकेमा सम्मुउन्नत पालिका बनाउनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma