Developed By Kuldeep Sharma

५ महिना अगाडि

ईलाका प्रशासन कार्यालय चन्द्रौटाको भवन उद्धघाटन

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा
इलाका प्रशासन कार्यालय चन्द्रौटाको भवन उद्धघाटन भएको छ । रु५ करोड २४ लाख ३५ हजारको लागतमा निर्माण भएको उक्त भवन बुधवार गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले उद्धघाटन गर्नुभएको छ ।
भवन उद्धघाटन गर्दै सचिव अर्यालले नयाँ भवनबाट सेवाग्राहीहरुलाई सहज रुपमा सेवापाउनेबताए । सीमा क्षेत्र नजिकै रहेको प्रशासन कार्यालयले शान्ती सुरक्षामा जोड दिदै नागरिकहरुलाई सुरक्षाको प्रत्याभूती गराउनुपर्ने बताए । ईलाका प्रशासन कार्यालय चन्द्रौटामा अब छिट्टै राहदानीको काम हुने अर्यालले प्रतिवद्धता जनाए । प्रशासन कार्यालय भवननिर्माणको लागि जग्गा दान दिएकाहरुलाई धन्यवाद दिए । भवननिर्माण गरेर मात्र नहुने बताउँदै सेवालाई प्रभावकारी तवरबाट प्रदानगर्नुपर्ने उनले बताए ।


शिवराज नगरपालिका मेयर अजय थापाले इलाका प्रशासनकार्यालय बाट प्रभावकारी रुपमा सेवाप्रवाह गरेकोमा धन्यवाद दिए । थापाले नागरिकका हरेक काम सँग जोडिएकोले कर्मचारीहरुले सहज रुपमा सेवादिनुपर्ने बताए । कार्यक्रममापूर्व मेयर नेत्रराज अधिकारी,समाजसेवी हरी पोख्रेलले इलाकामार्फत प्रवाहहुने सेवालाई थप गरिनुपर्ने बताए ।३ तले भवनमा २६ वटा कोठा रहेका छन् । स्थानीय रामविलास कुर्मी र रुद्रनारायण कुर्मीले सहयोग गरेको ६ कट्टा १७ धुर जग्गामा भवन निर्माण भएको हो । जग्गादाता दुबै जनाकुर्मीलाइ सम्मानपत्र सहित सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma