Developed By Kuldeep Sharma

२ महिना अगाडि

जग्गाको कारोवार बढेसगै राजस्व संकलनमा पनि वृद्धि

माधव बेल्वासे
कपिलवस्तु
स्थानीय तहले जग्गा वर्गिकरण गरि कित्ताकाट सुरु गरेसगै मालपोत कार्यालय चन्द्रौटामा अघिल्ला वर्ष भन्दा जग्गाको कारोबार बढेको देखिएको छ । आव २०७९।८० मा ६०२४ थान जग्गा लिखत पारित भएपनि आव २०८०।८१ मा ७०१२ जग्गा लिखत पारित भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनमा रु २ करोड ३६ लाख ३ हजार ८६४ रकम राजस्व पनि बढि संकलन भएको मालपोत कार्यालय चन्द्रौटाका प्रमुख लक्ष्मण चालिसेले बताए ।
आव २०८०।८१ मा स्थानीय तहले जग्गा वर्गिकरण गरि कित्ताकाट सुरु भएसगै कारोबार बढेको बताइएको छ । आव २०८०।८१ मा रजिस्टेशन राजस्व वापत रु ८ करोड ६२ लाख १८ हजार ६१८,लाभकर राजस्व वापत रु ४ करोड ३८ लाख ७१ हजार ७५२ गरी कुल १३ करोड ९० हजार ३७० रकम संकलन भएको प्रमुख चालिसेले बताए । आव २०७९।८० मा १० करोड ६४ लाख ६८ हजार ५०६ राजस्व संकलन भएको थियो । आव २०८०।८१ मा ७०१२ जग्गा लिखत पारित भएका मध्ये महिलाका नाममा २ हजामर १ सय ८५ र पुरुषको नाममा २ हजार ९ सय ४७ जग्गा पास भएको छ ।
पछिल्लो समयमा सरकारले नै महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजश्व छुट् दिने प्रावधान ल्याएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको हो । जग्गा पास गर्दा महिलाको नाममा राजश्व कम लाग्ने भएकाले महिलाको नाममा रजिस्ट्रेशन गर्नेको संख्या बढेको बताइएको छ । केही वर्षअघिसम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास हुने क्रम अहिले उत्साह जनकरुपमा वृद्धि भएको देखिन्छ। सरकारले महिलाको नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेलाई राजस्वमा विशेष छुटको व्यवस्था गरेपछि जिल्लामा महिलाको नाममा उल्लेखनिय रुपमा भुस्वामित्व बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma