Developed By Kuldeep Sharma

२ महिना अगाडि

पशु उपचारको लागि शिवराजमा अन कल सेवा सुरु

माधव बेल्वासे
कपिलवस्तु :
तपाईँहरूको गाउँघरका पशुपक्षिंमा कुनै समस्या छ ? चिन्ता नगर्नुहोस् एक कल फोनको भरमा प्राविधिक तपाइको घरमा आउनेछन् । कपिलवस्तुको शिवराज नगरपालिकाले पशु उपचारको लागि अन कलको सेवा सुरु गरेको छ ।सोमवार मोबाइल नम्बर सार्वजनिक गर्दै नगर प्रमुख अजय थापाले चौबिसै घण्टा सेवा प्रवाह हुने घोषणा गर्नुभएको छ । आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम अनुसार सेवा सुरु गरिएको थापाले बताउनुभयो । ‘यो सेवालाई नागरिकहरूलाई धेरै सहज हुने विश्वास लिएको छु, थापाले भन्नुभयो, ‘समयमा उपचार नपाउँदा धेरै पशुपंक्षिको ज्यान जानुका साथै खर्च पनि बढि हुने गरेको छ,यसैलाई मध्यनजर गर्दै यो सेवा सुचारु गरेका छौ,अनकल सेवाबाट नागर वासिले सेवा लिनुहुने छ’ ।
मेयर थापाले पालिकाले प्राविधिक सेवालाई निःशुल्क गरेको जानकारी दिनुभयो । पालिकामा पशु प्राविधिक कमी हुँदा हुँदै पनि नागरिकहरूको सेवाको लागि अन कल सेवा सुचारु गरिएको छ । पशु प्राविधिकले परामर्श दिनुका साथै गोठमा पुगेर निःशुल्क उपचार गर्ने बताइएको छ । अन कल सेवाको लागि आवश्यक प्राविधिक व्यवस्थापन गरिउको पशु विकास शाखाका प्रमुख धनेश्वर खनालले बताउनुभयो ।उपचारको लागि पशु विकास शाखाको मोबाइल नम्बर ९८५७०१४७५७ र ९८६२२१६९३० मा सम्पर्क गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma