Developed By Kuldeep Sharma

१ महिना अगाडि

कपिलवस्तुमा ३३ औं किसान सहिद दिवस तथा ७१ औं भिमदत्त पन्त स्मृति दिवस मनाइयो

अखिल नेपाल किसान संघ क्रान्तिकारी केन्द्रले ३३ औं किसान सहिद दिवस र ७१ औं भिमदत्त पन्त स्मृति दिवस मनाएको छ। भिमदत्त पन्त, जो वि.सं. १९८३ मा जन्मेका थिए, वि.सं. २०१० मा किसान आन्दोलनको क्रममा २७ उमेरमा हत्या गरिएका थिए।


कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले सत्ताबाट बाहिरिनु सकारात्मक रहेको बताए। उनले अहिलेको सरकारले दलित, मुस्लिम, महिला, किसान र मधेसीहरूको अधिकार खोस्ने गरी संविधान संशोधनको तयारी गरेको भन्दै यसलाई रोक्न आवश्यक रहेको बताए। सरकारबाट बाहिर रहेर अब जनतामा गएर संगठन बनाउनुपर्नेमा उनले जोड दिए।

बरालले सामन्तवादविरुद्ध लडेकाले भिमदत्त पन्तलाई मार्न नेपाल र भारतीय फौज परिचालित भएको पनि बताए। पन्तलाई आदर्श मानेर काम गर्दा परिवर्तन सम्भव हुने उनको धारणा थियो।

त्यस्तै, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज रुद्रलाल बन्जाडेले भिमदत्त पन्तलाई साहसी र क्रान्तिकारी किसान नेताको रूपमा वर्णन गर्दै, अहिले पनि किसानहरूलाई शोषकहरूले मिटर ब्याजीका रूपमा समस्यामा पारिरहेको बताए।

अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश इन्चार्ज बुद्ध बस्नेतले राणा शासनमा किसानहरू माथिको व्यवहारविरुद्ध डडेल्धुरामा आन्दोलन भएको स्मरण गरे। उनले पन्तले ल्याएको क्रान्तिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।

लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा कपिलवस्तु संयोजक विष्णु बेल्वासेले किसान शोषकविरुद्ध युद्धमा होमिएका पन्तलाई सरकारले हत्या गरेको बताए। अखिल नेपाल किसान संगठन कपिलवस्तु अध्यक्ष राम बिलास यादवले किसानका आवाज उठाउँदा पन्तले ज्यान गुमाउनुपरेको बताए।

समारोहमा नेकपा एमालेका गौरी शंकर पाल नेकपा माओवादी केन्द्रमा प्रवेश गरे। कार्यक्रमको अध्यक्षता लुम्बिनी प्रदेश अध्यक्ष रामी सहानले गरेका थिए भने सचिव मोहन कार्कीले सञ्चालन गरेका थिए। कार्यक्रममा शिवराज नगरपालिकाका इन्चार्ज दिनेश पुन लगायत  विभिन्न जिल्लाका नेता कार्यकर्ताको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma