Developed By Kuldeep Sharma

१ महिना अगाडि

सगरमाथा सामुदायिक सिकाइ केन्द्रको चौथो साधारण सभा सम्पन्न

सगरमाथा सामुदायिक सिकाइ केन्द्रको चौथो साधारण सभा सम्पन्न भएको छ । बिहीबार शिवराज नगरपालिकाको दुर्गा मन्दिरमा आयोजित सभामा केन्द्रका अध्यक्ष मणिराम उपाध्यायले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै केन्द्रको उपलब्धि र चुनौतीहरूको विस्तृत जानकारी दिए। सभामा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन कुमार केसिले सिकाइ केन्द्रले सामाजिक क्षेत्रहरूमा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले केन्द्रले आर्थिक अभावका बाबजुद पनि लाइब्रेरी स्थापना र विविध कार्यक्रम सञ्चालन गरी समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको उल्लेख गरे।
सगरमाथा सामुदायिक सिकाइ केन्द्रले ४६ सदस्यहरूको सक्रिय सहभागितामा विगत वर्षमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको थियो। विशेष रूपमा, मावि स्तरिय हाजिरीजवाफ प्रतियोगिता र लागुऔषध विरुद्ध अन्तरक्रिया कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिएको थियो। यी कार्यक्रमहरूले विद्यार्थी र समाजका युवामा सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष उपाध्यायले बताए। सभामा शिवराज नगरपालिकाका संस्थापक मेयर नेत्रराज अधिकारीले सिकाइ केन्द्रको प्रयासको प्रशंसा गर्दै भविष्यमा सामाजिक कार्यक्रम निरन्तर गर्नु पर्ने बताउनुभयो गरे। साथै, प्रमुख प्रशासकीय अध्यक्ष बाबुराम पौडेलले  सिकाइ केन्द्रको योगदानलाई उच्च मूल्यांकन गर्दै स्थानीय तहले केन्द्रसँग सहकार्य गर्दै अघि बढ्ने बताएका थिए।

यस कार्यक्रममा वडा नं ५ का अध्यक्ष नेत्र प्रसाद बेल्वासे, विष्णु प्रसाद खतिवडा, लेखनाथ घर्ती लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरूले पनि सिकाइ केन्द्रको कार्यप्रति समर्थन जनाउँदै आगामी दिनमा केन्द्रसँग सहकार्य गरेर समाज सुधारको अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम मणिराम उपाध्यायको अध्यक्षतामा सचिव प्रेम कला पौडेलको संचालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma