Developed By Kuldeep Sharma

१ महिना अगाडि

नेकपा एमाले शिवराजमा नया ट्विस्ट : पोखरेल र केसीबीच प्रतिस्पर्धा

नेकपा एमाले शिवराज नगर कमिटी कपिलवस्तुको अधिवेशनमा ठूलो ट्विस्ट आएको छ ! नगर अध्यक्ष पदका लागि दुई कडा प्रतिद्वन्द्वी महादेव पोखरेल र रामचन्द्र केसी (विराट)बीच कडा प्रतिस्पर्धा हुने पक्का भएको छ। पार्टी भित्र गुटबन्दीले चरम सीमा पार गरेको छ, जसले गर्दा अधिवेशनको माहोल तनावपूर्ण बन्दै गएको छ।

यसअघि अध्यक्ष पदका लागि शरद अधिकारीको नाम चर्चामा भए पनि, पार्टी विधान अनुसार उनी उम्मेदवार बन्न नपाउने भएपछि पोखरेल र केसीबीचको खेल झन् रोमाञ्चक बनेको छ। अब्बल नेताको छवि बनाएका महादेव पोखरेल र युवाहरूमा विशेष लोकप्रिय रामचन्द्र केसीबीचको यो भिडन्त कसले जित्ला?

अध्यक्ष पदको लागि कडा लडाइँ

महादेव पोखरेल, जो लामो समयदेखि पार्टीभित्र क्रियाशील छन्, अहिले पनि चुनावी मैदानमा बलियो दावेदारको रुपमा उभिएका छन्। उनलाई वडा र नगरका अधिकांश प्रतिनिधिहरूको समर्थन रहेको छ। उनका समर्थकहरूले सर्वसम्मतिको पक्षमा आवाज उठाउँदै, ‘चुनाब भएमा पनि भारी मतले पोखरेल नै विजयी हुने’ दाबी गर्दैछन्।

तर, युवानेता रामचन्द्र केसीले पनि मैदानमा कम्मर कसेका छन्। अर्जुनकुमार केसीका भाइ रामचन्द्रलाई आन्तरिक दबाब दिएर अध्यक्ष पदको लागि अघि सारिएको छ। युवापुस्ताको समर्थन पाएका रामचन्द्र केसीले भने, ‘यो समय परिवर्तनको हो’ भन्दै आफ्नो दाबी प्रस्तुत गरेका छन्।

पार्टी भित्रको खिचातानी र अराजकता

एमाले भित्रको गुटबन्दी अब झन् तीव्र बनेको छ। जिल्ला स्तरमा सुरु भएको गुटबन्दी नगर हुँदै वडासम्म फैलिएको छ। पार्टीका शिर्ष नेताहरूले यो संकट समाधान गर्न नसकेको आरोप पनि लाग्न थालेको छ। पोखरेल पक्षले ‘अनुभवले जित्छ’ भन्दै प्रचार गरिरहेका छन् भने केसी पक्षले ‘नयाँ सोच, नयाँ दिशा’ भन्दै चुनावी प्रचारमा तातेका छन्।

अधिवेशनमा के हुन्छ ?

शिवराज नगरको यो अधिवेशनले मात्र पार्टीको नेतृत्वको निर्णय गर्ने छैन, एमालेभित्रको शक्ति सन्तुलनलाई नै नयाँ दिशा दिने छ। कसले जित्ला – पोखरेलको अनुभव र साख, या केसीको नयाँ सोच र जोश? शिवराजको राजनीतिमा यो अधिवेशनले नयाँ तरंग ल्याउने निश्चित छ। अब, सबैको ध्यान भोलीको अधिवेशनमा टिकेको छ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma