Developed By Kuldeep Sharma

१० महिना अगाडि

स्वास्थ्य शाखा प्रमुख अधिकारीप्रती गाउपालिका उपाध्यक्ष असन्तुष्ट, मनलाग्दी गरेको आरोप

कपिलवस्तु
कपिलवस्तुको विजयनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले मनलाग्दी रुपमा काम गर्दै आएका छन्् । १५ शैयाका अस्पताल भवनमा शाखा कार्यालय लगेर काम गरिरहेका अधिकारीले पालिकाको कार्यक्रममा उपाध्यक्षलाई नै खबर नगरि मनलाग्दी गरेको आरोप लागेको छ ।
गाउँपालिकाले स्वास्थ्य सेवा वार्षिक कार्यक्रमको समिक्षामा उपाध्यक्षलाई खबर नगरेपछि उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सामाजिक संजालमै असुन्तुष्टि व्यक्त गरेकी छिन् ।कार्यक्रमका फोटाहरु प्रतिकृया दिदै उपाध्यक्ष थारुले मलाई त जानकारी नै भएन एक्लै एक्लै गरेका हुन जय हो विजयनगर भनेर लेखेकि छिन् ।
पालिकाको वार्षिक समिक्षा जस्तो कार्यक्रममा उपाध्यक्षलाई खबर नगर्नु शाखा प्रमुखको लापरवार्ही रहेको स्थानीयहरुले बताएका छन् । प्रतिकृया दिएका केहि समय पश्चात उक्त प्रतिक्रिय डिलिट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma