Developed By Kuldeep Sharma

४ महिना अगाडि

१६ औ शिवगढी कप शुरु ।।

सुर्य गुरुङ्
कपिलवस्तु -गोल्डेन स्टार यिवा क्लब द्वारा आयोजित १६ औ शिवगढी कप शुरु भएको छ ।
सोमबार गोल्डेन स्टार युवा क्लबले आफ्नै खेल मैदान बानियाभारमा एक कार्यक्रमको आयोजना गरि १६ सस्करणको उट्घाटन गरेको हो ।


सामाजिक कार्यमा सक्रिय रहदै आएको गोल्डेन स्टार युवा क्लबले खेल मात्र नभई बिगत १६ बर्ष अघि देखि यस क्षेत्रको प्राचीन ग्राम,ऐतिहासिक किल्ला ,धार्मिक मन्दिर शिवगढी,कृष्ण मन्दिरको प्रचारप्रसार साथै खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

क्लबले यस आयोजनालाई निरन्तरता दिदै असोज १४ देखि २४ गते सम्म १६ औ सस्करण पूरा गर्ने तयारी गर्दै सोमबार बृहत कार्यक्रमको गरी शिवगढी कप २०८१ शुरु गरिएको क्लबका अध्यक्ष ईश्वर गिरिले बताउनु भयो । उटघाटन कार्यक्रममा क्लब कलाकारहरूले नृत्य समेत प्रस्तुत गरेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के सीले शिवगढीकाे समग्र बिकासका लागि सबै एक जुट भएर लाग्नुपर्ने बताउनु भयो । जिल्लामै पछाडी पारिएकाे यस क्षेत्रमा बिस्तारै बिकाश भइरहेको र हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नु भयो । एक पटकम नै सबै नहुने सबै मिलेर गरे अबको केही समयमा सबैले परिकल्पना गरेको शिवगढी बन्ने उहाको भनाई छ ।

यस्तै नगर प्रमुख अजय थापाले आज भोलि सबै जसो कार्यक्रम राजनीतिक भाषण गर्ने थलो बनेको बताउनु भयो ।
अब भासण नभई परिणाममुखी काम गर्ने समय भएको बताउदै नगरले यही आर्थिक बर्षमा खेल मैदानमा ट्रष्ट बनाईदिने प्रतिवद्धता समेत ब्यत्त गर्नु भयो नगरले यस क्षेत्रको बिकासका लागी योजना बनाई रहेकोले केहि समयमा यस क्षेत्रका समजसेवीहरुसंग छलफल गर्ने उहाले बताउनु भयो ।

कार्यक्रमलाई वडा अध्यक्ष रामगोपाल चौधरी समाजसेवी हुमाकन्त खनाल ,युवा समाजसेवी राशिद मिर्जा लगायतले सम्बोधन गर्नु भएको थियो

पहिलो खेल द ब्राईट त्रिपालनगर र भालुबाङ्ग बीच भएको थियो उक्त प्रतियोगितामा भालुबाङ्ग ० को बिरुद्ध ३ गोल गर्दै दोस्रो राउन्ड प्रवेश गर्न सफल भएको छ । प्रतियोगितामा सहभागी पुरुष तर्फको बिजेताले नगद ५५ हजार ५ उपबिजेताले २५ हजार ५ सेमिफाइनल पुग्ने दुई टिमले ७ महिला तर्फको बिजेताले नगद २५ हजार ५ उपबिजेताले नगद १० हजार ५ अन्डर फोर्टिनका बिजेताले ५ हजार ५ सय ५ उपबिजेताले नगद २५ सय पाउने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma