Developed By Kuldeep Sharma

२ महिना अगाडि

शिवराज ७ को वडा कार्यालय भवन शिलान्यास

शिवराज नगरपालिका वडा नं. ७ को नयाँ वडा कार्यालय भवनको शिलान्यास सम्पन्न भएको छ। सोमबार नगर प्रमुख अजय थापा र वडा अध्यक्ष अनुप कुमार चौधरीको उपस्थितिमा साथै जग्गा दान गर्ने स्थानीयको सहकार्यमा भवनको शिलान्यास गरिएको हो।

शिलान्यास कार्यक्रममा नगर प्रमुख थापाले नयाँ भवन निर्माणपछि वडा कार्यालयबाट सेवा प्रवाह सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भवनको निर्माणले नागरिकलाई छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउन मद्दत पुग्ने बताउनुभयो।

वडा अध्यक्ष अनुप कुमार चौधरीले समयमा निर्माण कार्य सम्पन्न गरी नयाँ भवनबाट सेवा सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो। हाल भवन नहुँदा सेवा प्रवाहमा आएको कठिनाइको जिकिर गर्दै उहाँले जग्गा दान गर्ने स्थानीयलाई विशेष धन्यवाद दिनुभयो।

शिवराज नगरपालिका वडा नं. ७ मा बन्न लागेको यो नयाँ भवनले नगरवासीको दैनिक प्रशासनिक कार्यलाई सहज र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। असार मसान्त सम्म सम्पन्न हुने गरि रु ८६ लाख ५० हजारमा निम्ता कन्ट्रसक्सनले भवन बनाउने जिम्मा पाएको छ । स्थानिय प्रमात्म प्रसाद चौधरी र तारा चन्द चौधरी गरि तीन कठा दस धुर जग्गा दान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma