Developed By Kuldeep Sharma

२ महिना अगाडि

लैङ्गिक हिंसा बिरुद्ध चन्द्रौटामा दीप प्रज्वलन

कपिलवस्तुको चन्द्रौटामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा सोमबार दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। शिवराज नगरपालिकाको आयोजनामा तथा विभिन्न संघ-संस्थाहरुको सहकार्यमा चन्द्रौटा चोकमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सहभागीहरुले महिलामाथि हुने विभिन्न प्रकारका हिंसाहरु जस्तै बलात्कार, बोक्सीको आरोपमा कुटपिट, दाइजोको कारण जलाइएको, र बेचबिखन जस्ता घटनाको कडा भर्त्सना गर्दै यस्ता जघन्य अपराध रोक्न सबैले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, अधिकारकर्मी मिना परियारलगायतले सम्बोधन गर्दै लैङ्गिक समानता र हिंसामुक्त समाज निर्माणका लागि निरन्तर प्रयास गर्नुपर्ने कुरा उल्लेख गरे।

कार्यक्रमले हिंसा अन्त्यका लागि जनचेतना अभिवृद्धि गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन सन्देश दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma