Developed By Kuldeep Sharma

२ महिना अगाडि

सरकारी गाडीबाट भोट माग्दै सांसद, वाइसीएलले रोकेर पैदल पठायो

कपिलवस्तु :
कपिलवस्तुको सुदोधन गाउँपालिका-१ मा भइरहेको उपनिर्वाचनका क्रममा सरकारी साधनको दुरुपयोग भएको पाइएको छ। लुम्बिनी प्रदेशसभा सदस्य गिरीधारीलाल न्यौपानेले सरकारी नम्बर प्लेटको गाडी प्रयोग गरी भोट मागेको पाइएको छ। यस घटनाप्रति वाइसीएल नेपाल, कपिलवस्तुले कडा आपत्ति जनाउँदै सरकारी गाडी रोकेर प्रशासनलाई बुझाएको छ।

सांसद न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, र पूर्व अध्यक्ष झविलाल पोखरेल लगायत नेताहरू उक्त गाडीमा सवार थिए। वाइसीएलका कार्यकर्ताहरूले उनीहरूलाई रोकेर गाडीबाट ओरालेर पैदल हिँड्न बाध्य पारेका थिए।

वाइसीएलका प्रतिनिधिहरूले यो घटनाले निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन मात्र नभएर लोकतान्त्रिक प्रक्रियामा पनि गम्भीर चुनौती प्रस्तुत गरेको बताएका छन्। उनीहरूले सरकारी स्रोत र साधनको यस्तो प्रयोग तत्काल रोक्न नेकपा माओवादी केन्द्र कपिलवस्तुले चेतावनी दिएको छ ।

स्थानीय प्रशासनले घटनाको गहिरो अनुसन्धान गरिने जनाएको छ। यो घटनाले निर्वाचन आचारसंहिताको पालनाबारे व्यापक बहस जन्माएको छ। सरकारी साधनको दुरुपयोग लोकतन्त्रका लागि हानिकारक भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma