कपिलवस्तु – बालविवाह नियन्त्रणका लागि शिवराज नगरपालिकाले विशेष अभियान सुरु गरेको छ। नगरपालिकाले नगरवासीहरूलाई बालविवाहका घटनाहरूको सूचना दिन आग्रह गर्दै यसलाई रोकथामका लागि सघाउन अपिल गरेको छ।
मुलुकी देवानी संहिता, २०७४ को व्यवस्था अनुसार विवाहका लागि २० वर्ष उमेर पूरा भएको हुनुपर्छ। तर, कतिपय क्षेत्रमा यो कानूनी प्रावधान उल्लंघन भइरहेकाले बालविवाह नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको नगरपालिकाले जनाएको छ।
बालविवाह हाम्रो समाजको गम्भीर समस्या रहेको नगर प्रमुख अजय थापाले बताए । किशोर-किशोरीको जीवनमात्र नभई समग्र समुदायको प्रगतिमा बाधा पुर्याउँने र नगरपालिकाले बालविवाहका घटना पहिचान गर्न र रोक्न कुनै कसर बाँकी राख्दैन ‘ थापाले भन्नुभयो । ‘यस अभियानलाई सफल बनाउन सबै नगरवासीको साथ आवश्यक छ ।”
बालविवाहका घटनाहरू रोक्न नगरपालिकाले बालविवाह नियन्त्रण शाखा र स्थानीय प्रहरीसँग समन्वय गरिरहेको छ। यस्ता घटनाहरूको सूचना दिनका लागि गोपनीयता कायम गर्दै सम्पर्क नम्बरहरू उपलब्ध गराइएको छ।
उक्त कार्यको लागी महिला तथा बालबालिका शाखा: ९८५७०७३७०४ , ९८६००३६५६४ ९८४७२३८०९९ नम्बर सार्वजनिक गरेको छ ।
नगरपालिकाले बालविवाह रोक्न जनचेतना अभिवृद्धि, अनुगमन, र कानूनी कारबाहीलाई प्राथमिकतामा राख्दै समाजलाई बालविवाहमुक्त बनाउन ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया