Developed By Kuldeep Sharma

१ महिना अगाडि

माओवादी केन्द्र शिवराज वडा नं ४ मा नयाँ समिति चयन

शिवराज नगरपालिकाको वडा नं ४ मा नेकपा माओवादी केन्द्रले दोस्रो वडा अधिवेशन सम्पन्न गर्दै नयाँ समिति चयन गरेको छ। अधिवेशन शुक्रबार सम्पन्न भएको थियो।

नयाँ समितिको अध्यक्षमा मोहम्मद बेलाल खा चयन भएका छन् भने उपाध्यक्षमा सरिता आचार्य, नसिम मुसलमान सचिवमा स्वेता आचार्य, सह-सचिवमा मोहम्मद जान आलम खा र कोषाध्यक्षमा सम्साद आलम खा चयन भएका छन्। समितिमा अन्य १३ सदस्यहरू पनि समावेश गरिएको छ।

नगर इन्चार्ज दिनेश पुनले अधिवेशनलाई सम्बोधन गर्दै माओवादी आन्दोलनले देशमा व्यवस्था परिवर्तन गरेको तर अझै पनि पूर्णता हासिल गर्न बाँकी रहेको बताए। उनले जनयुद्धका शहीदहरूको सपना पूरा गर्नका लागि संघर्ष जारी राख्नुपर्ने उल्लेख गरे। साथै, प्रतिक्रियावादी शक्तिहरूले जनयुद्धलाई बदनाम गर्ने प्रयास गरे पनि त्यसको ऐतिहासिक महत्व प्रमाणित भइसकेको उनले जोड दिए।

 

कार्यक्रममा रामबिलास यादव र सरला बुढालगायतका वक्ताहरूले नयाँ नेतृत्वलाई शुभकामना दिए। अधिवेशनको सञ्चालन स्वेता आचार्यले गरेकी थिइन्।
वडा अधिवेशनलाई माओवादी केन्द्रले आफ्नो संगठन सुदृढीकरणका लागि महत्वपूर्ण कदमको रूपमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma