Developed By Kuldeep Sharma

१ महिना अगाडि

सशस्त्र प्रहरी बल कपिलवस्तुको १८ औं वार्षिक उत्सव

कपिलवस्तु,
सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हे क्वा कपिलवस्तुले सोमबार १८ औं वार्षिक उत्सव भव्य रूपमा मनाएको छ। कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
उक्त अवसरमा प्रमुख अतिथि तिउसिनाले सशस्त्र प्रहरी बलको पेसागत दक्षता र नागरिक सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए। उनले सिमाको रक्षा गर्न पाउनु एउटा गौरवपूर्ण अवसर भएको बताउँदै प्रहरी बललाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे।
कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले सशस्त्र प्रहरी बलले नागरिक सुरक्षामा गरेको कामको प्रशंसा गर्दै अपराध नियन्त्रण र शान्ति सुरक्षामा बलको महत्त्वपूर्ण योगदान रहेको बताए। त्यस्तै, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सशस्त्र प्रहरी बलले सिमा सुरक्षा र शान्ति सुरक्षामा उल्लेखनीय भुमिका निर्वाह गरेकोमा प्रशंसा गरे।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेले जिल्लामा सशस्त्र प्रहरी बलले गरेका विभिन्न कार्यहरूको बारेमा जानकारी गराएका थिए।
वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो। प्रतियोगिताका विजेताहरूलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma