Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

चन्द्रौटामा पूँजी बजार सम्बन्धी जनचेतनामूलक कार्यक्रम हुने

नेपाल धितोपत्र बोर्डको आयोजनामा तथा चन्द्रौटा उद्योग वाणिज्य संघको संयोजनमा पूँजी बजारसम्बन्धी जनचेतनामूलक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम फागुन ९ गते शुक्रबार बिहान ११ बजेबाट शिवराज नगरपालिका-५, इलाका प्रशासन कार्यालय नजिकै रहेको उद्योग वाणिज्य संघको सभाहलमा सुरु हुने अध्यक्ष इस्वरी प्रसाद पाण्डेले जानकारी दिनुभएको छ।

हाल शेयर बजारप्रति नागरिकको आकर्षण बढ्दै गए पनि आवश्यक ज्ञान तथा जानकारीको अभावले लगानी असुरक्षित हुने गरेको भन्दै सो समस्या न्यूनीकरण गर्न कार्यक्रम आयोजना गरिएको पाण्डेले बताउनुभयो।

कार्यक्रममा सर्वसाधारण लगानीकर्ता, स्थानीय उद्योग व्यवसायी, प्राध्यापक, प्राचार्य, विद्यार्थी, धितोपत्र निष्कासनकर्ता संगठित संस्थाहरू लगायत सरोकारवालाहरूको उपस्थितिलाई प्राथमिकता दिइने छ। अध्यक्ष पाण्डेले सबै सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma