Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

वडाका १५ जना कृषकलाई चापाकटर वितरण

माधव बेल्वासे

कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ का १५ जना कृषकलाई सहुलियतमा चापाकटर वितरण गरिएको छ। कृषकहरूको आधुनिक कृषि औजारप्रति पहुँच बढाउन वडाको ५० प्रतिशत अनुदान तथा कृषकहरूको ५० प्रतिशत लगानीमा चापाकटर वितरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिए।

चापाकटर वितरण कार्यक्रममा बोल्दै कृषि शाखा प्रमुख ताराचन्द चौधरीले उपकरणको सही प्रयोग गर्नुपर्नेमा जोड दिए।  चापाकटरले कृषकहरूको श्रम बचत गर्नुका साथै समय र लगानी कम हुने बताए ।

वडाले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउने उद्देश्यले कृषकहरूलाई विभिन्न उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको अध्यक्ष सापकोटा बताए ।

कृषकहरूले परम्परागत कृषि औजारको तुलनामा आधुनिक उपकरण बढी लाभदायक हुने बताएका छन्।

स्थानिय कृषक भोजराज पौडेलले वडा कार्यालयलाई धन्यवाद दिंदै यस किसिमको सहुलियतपूर्ण सहयोगले कृषिमा नविनतम प्रविधिको विकास गर्न योगदान पुग्ने बताए।

वडा अध्यक्ष सापकोटाका अनुसार कृषकहरूको आयस्तर सुधार गर्न तथा कृषि उत्पादन बढाउन आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने बताए । कृषिमा यान्त्रिकीकरण तथा प्रविधि विस्तारका लागि स्थानीय सरकार सधैं प्रतिबद्ध रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma