Developed By Kuldeep Sharma

११ महिना अगाडि

जनउत्थान सामुदायिक लघुवित्तको १५औं वार्षिकोत्सवमा डस्टबिन तथा बाल्टी वितरण

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. चन्द्रौटा शाखाले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विजयनगर गाउँपालिका–१, वनखेतस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा डस्टबिन र बाल्टी वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कुल ३५ जनाको सक्रिय सहभागिता रहेको थियो। शाखा प्रमुख श्री इश्वरी गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि विजय नगर गाउँपालिका–१ का वडा अध्यक्ष श्री इन्नर थारु रहनु भएको थियो। अन्य विशिष्ट अतिथिहरुमा वडा सदस्य श्री तेजमान राई, समाजसेवी श्री अभिषेक राना, स्वास्थ्य सेवा केन्द्रका सि.अ.हे.व. श्री शंकर सुनार, सि.अ.न.मी. श्री भिमकुमारी वाग्ले, शाखा कार्यालय चन्द्रौटाका कर्मचारी, स्वास्थ्य स्वयंसेविका, एकता बैंकिङ्ग समुदाय तथा पाल्पाली बैंकिङ्ग समुदायका दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन कर्मचारी श्रीमती रबिना धर्कटुवाले गर्नुभएको थियो भने स्वागत मन्तव्य श्री अजय सिंह कहारले दिनुभएको थियो। सहभागी सदस्यहरूको तर्फबाट अनिता सारुले मन्तव्य राख्दै संस्थामा आवद्ध भएपछि आर्थिक रूपमा आत्मनिर्भर बन्ने अवसर पाएको, जीवनस्तरमा सुधार आएको र संस्थाको सेवा उत्कृष्ट रहेको उल्लेख गर्दै संस्थाको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै अतिथि वक्ताहरुले दुर्गम क्षेत्रमा वित्तीय सेवा पुर्याउनुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा केन्द्रमा सहयोग पु¥याएकोमा संस्थाको प्रशंसा गर्नुभयो। यस्तो कार्य अन्य संस्थाहरूद्वारा समेत अनुकरणीय बन्नुपर्नेमा जोड दिँदै, विपन्न वर्गको सशक्तीकरणमा लघुवित्तको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो। साथै, पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका नकारात्मक गतिविधिहरुबाट सचेत रहन सबैलाई सुझावसमेत दिनुभयो।

अन्त्यमा, शाखा प्रमुख तथा कार्यक्रम अध्यक्ष श्री गौतमले संस्थाले प्रदान गर्ने सेवा, सुविधा, तालिम र सामाजिक कार्यहरूको बारेमा जानकारी दिँदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma