Developed By Kuldeep Sharma

११ महिना अगाडि

१३ औं जन आदर्श कप फुटबल प्रतियोगिता सुरु

नववर्ष २०८२ सालको उपलक्ष्यमा जन आदर्श युवा क्लब, शिवराज नगरपालिका–१, शिवपुरद्वारा आयोजित १३औं जन आदर्श कप २०८२ फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ।

“युवा एकता, शान्ति र विकासका लागि आवश्यकता” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिता बैशाख २ गतेदेखि सुरु भई निरन्तर सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न उमेर समूहको सहभागिता रहनेछ जसमा १६ वर्ष मुनि, नक आउट, र ३० वर्ष माथिका खेलाडीहरूको फरक–फरक समूह बनाइ प्रतियोगिता गरिनेछ।

कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष खिम बिक्रम केसीले यस्ता खेलकुद कार्यक्रम युवाको स्वास्थ्यका लागि फाइदाजनक हुने हुँदा निरन्तरता दिइनुपर्नेमा जोड दिनुभयो। यस्तै, पूर्व अध्यक्ष जगत जिसीले खेलाडीको क्षमता विकासका लागि यस्ता प्रतियोगिताहरू अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

प्रतियोगिताका विजेता तथा उपविजेताले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा ‘म्यान अफ द म्याच’, ‘म्यान अफ द सिरीज’, उत्कृष्ट गोलकिपर, बेस्ट फेयर प्ले टिम लगायत विभिन्न उपाधिहरू पनि प्रदान गरिनेछ।

जन आदर्श युवा क्लबका अध्यक्ष कमल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma