Developed By Kuldeep Sharma

४ हप्ता अगाडि

इन्जिनियर केसी भूमि आयोगको विज्ञ सदस्यमा नियुक्त

कपिलवस्तु, शिवराज – नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान आयोगले इन्जिनियर मोहन केसीलाई विज्ञ सदस्य पदमा नियुक्त गरेको छ।

शिवराज नगरपालिका–११, कपिलवस्तु निवासी इन्जिनियर केसीलाई भूमि समस्या समाधान आयोग गठन आदेश, २०७८ को दफा ५ को उपदफा (१) को खण्ड (च) बमोजिम आयोगको जिल्ला समिति कपिलवस्तुको विज्ञ सदस्य पदमा नियुक्त गरिएको हो ।

उक्त नियुक्ति आयोग गठन आदेशको दफा ८ को उपदफा २ बमोजिमको पदावधि कायम हुने गरी मन्त्रिपरिषद्‌को २०७८ साल माघ २ गतेको निर्णयअनुसार गरिएको हो ।

विज्ञ सदस्य पदमा नियुक्ति पाएसँगै आयोगले इन्जिनियर केसीलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सक्रिय योगदान दिने विश्वास व्यक्त गरेको छ ।

आयोगले विज्ञ सदस्यका रुपमा जिम्मेवारी पाएका केसीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma