कपिलवस्तु, वैशाख ५ —
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि दिनभर कपिलवस्तुका कार्यक्रममा सहभागी हुनेछन । माओवादी केन्द्रले सञ्चालन गरिरहेको “जनतासँग माओवादी : तराई-मधेश हुलाकी मार्ग अभियान” अन्तर्गत प्रचण्डसहितका नेताहरू बिहीबार साँझ नै कपिलवस्तु प्रवेश गर्ने कार्यक्रम छ। प्रचण्डको सार्वजनिक कार्यतालिका अनुसार शुक्रबार बिहान ५:३० बजेबाट दिनको सुरुवात हुनेछ। उनले ४ नम्बर क्षेत्रदेखि गजेहडा सम्म बिहानको ७ बजे सम्म पैदल यात्रा (मर्निङ वाक) गर्नेछन्, त्यसपछि बिहान ८:०० बजे लबनीस्थित कन्या विद्यालय (शुद्धोधन गाउँपालिका) मा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनेछन्। यसपछि ९:३० बजे मायादेवी गाउँपालिकाको पकडीमा अर्को कार्यक्रम रहेको छ भने ११:०० बजे तौलिहवास्थित शंकर होटलमा सर्वसाधारण तथा स्थानीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। दिउँसो १:०० बजे प्रचण्ड कृष्णनगर नगरपालिका अन्तर्गत बहादुरगञ्ज पुग्नेछन्, जहाँ अभियानसँग सम्बन्धित विशेष कार्यक्रम आयोजना गरिएको छ। पार्टी प्रवेश र प्रचण्डको सम्बोधन साथै सहिद परिवारलाई भेटघाट हुने कार्यक्रम छ। माओवादी केन्द्रले जनतामाझ पुनः आफ्नो पकड बलियो बनाउने प्रयासस्वरूप देशैभर अभियान थालेको हो।
प्रतिक्रिया