नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य रहिस शाह, पूर्व सांसद इलियास मुसलमान नेकपा माओवादी केन्द्रमा समाहित भएका छन् । नेसपा कपिलवस्तु जिल्लाको अध्यक्ष बदरे आलम,उपाध्यक्ष महोम्द हई,सचिव सतेन्द्र चर्तुवेदी सहित जिल्ला समितिका सदस्यहरु नेकपा माओवादी केन्द्रमा समाहित भएको बताइएको छ । साथै समर्थक सहित १ हजार ७ सय ५५ जना प्रवेश गरेको नेता शाहले बताए ।
देश विकास माओवादीको विकल्प नभएकोले प्रवेश गरेको शाहले बताए । माओवादीको सरकार भएको समय र अहिले समय आफै मुल्याकंन गर्न सकिने भएकोले आम समुदायहरुले पनि माओवादीलाई रोज्नुपर्ने तर्क राखे । प्रचण्ड सरकारको पालामा भष्ट्रचार न्यूनिकरण देखि सुशासन कायम भएको उल्लेख गर्दै युवा मधेशी मुस्लीक थारु दलितहरुको अधिकार दिलाउने पार्टी माओवादी रहेको जिकिर गरे ।
नेकपा एमाले मुस्लिम इत्तिहार नगर उपाध्यक्ष मकबुल आलम जिलानी,मुस्तफा बढई लगायतका नेताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई–मधेश हुलाकी जागरण अभियानको क्रममा प्रचण्डले टिका लगाई प्रवेश गराएका हुन । प्रचण्डले देशमा माओवादीको लहर रहेकोेले सडकका कुरा सदन सम्म पुराउने उद्देश्यले अभियान चलाएको बताए ।
प्रतिक्रिया