कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुकाे आयाेजना र विजयनगर गाउँपालिकाकाे समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हाे । गाउँपालिकाकाे सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि सार्वजनिक सुनुवाई गरिएको हाे ।
कार्यक्रममा जनताहरुले सेवाग्राहीलाई सास्ती, विकास निर्माणकाे काममा ढिलासुस्ती, स्वास्थ्य सेवा सुविधा, कृषि, शिक्षा, राेकिएका याेजना लगायत क्षेत्रमा देखिएका समस्याहरुकाे विषयमा विभिन्न प्रश्नहरु गर्दै गुनासो गरेका थिए । गाउँपालिकामा देखिएका समस्यालाई सुधार, अझै पारदर्शी र नागरिकले पाउने सेवा सुविधालाई सहज बनाउँदै लैेजान उनीहरुले सुझावसमेत दिएका थिए । गाउँपालिकाभित्रका शाखागत उठेका प्रश्नहरुकाे जवाफ शाखा प्रमुखहरुले दिएका थिए ।
कार्यक्रममा प्रश्नहरुकाे जवाफ दिँदै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले स्थागित याेजनालाई सम्बन्धित निकायसँग समन्वय गरेर अगाडी बढ्ने बताए । खासै उपलब्धी नदेखिएका वितरणमुखी कार्यक्रमलाई राेकेकाे बताउँदै अनुदान र सपाेर्टका कुराहरुलाई अनुगमन गरिएकाे उनलेे बताए । कमीकमजोरीलाई सुधार गर्दै जाने बताउँदै आगामी दिनमा दिगाेपना र प्रभावकारी रुपमा मात्र याेजना बनाएर जाने अध्यक्ष थापाकाे भनाइ छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले गाउँपालिकाभित्रका याेजनाकाे अनुगमनलाई तीव्र बनाइएको बताइन् । विकास निर्माणका काममा भएका ढिलासुस्तीलाई गाउँपालिकाले निगरानी बढाउँदै अगाडी बढेकाे उनलेे बताइन् । उनलेे न्यायिक समितिले हेर्ने उजुरीहरुलाई प्रभावकारी भएको बताउँदै न्यायिक समितिबाट नागरिक खुसी भएकाे र समितिप्रति नागरिककाे विश्वास बढेकाे जिकिर गरिन् ।
यसैगरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले सुशासन, पारदर्शिता र जवाफदेहितामा जाेड दिएकाे बताए । उनले प्रशासनिक कार्यलाई चुस्तदुरुस्त बनाउँदै नागरिकले पाउने सेवा सुविधालाई छिटोछरितो ढङ्गले दिइरहेकाे बताए । गुनासो र सास्ती नहुने गरि कर्मचारीले सेवाग्राहीलाई सेवा दिनुपर्ने बताउँदै प्रभावकारीतामा जाेड दिन उनलेे आग्रह गरे । कार्यक्रमलाई पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुषाल, उपाध्यक्ष दिपा महत, सदस्य राम प्रघट काेरी, जनप्रतिनिधि लगायतले सम्बाेधन गरेका थिए ।
प्रतिक्रिया