कृष्ण पौडेल, बैशाख ६
कपिलवस्तुको विजयनगर गाउँपालिकाको चिरई नदीमा नियम विपरीत नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको छ । मिलेमतोमा ठेकेदारले खोलामा गैरकानुनी रुपमा मापदण्ड विपरीत नदीजन्य पदार्थ निकाली रहँदा सम्बन्धित निकाय मुकदर्शक भएर बसेका छन ।
नदिजन्य सामाग्री उत्खननमा वडा नं. ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानको शेयरसमेत रहेको स्रोतले जनाएको छ ।उनी आफु नदेखिएर आफ्नो भाइ मार्फत सेटिग मिलाएका छन । स्रोतका अनुसार ठेक्का पाएको कम्पनी श्याम एण्ड सन्स निर्माण सेवा महाराजगन्ज पाएको हो ।
वडा अध्यक्ष मुसलमानले गाउँपालिका र प्रहरी प्रशासनसँग मिलेर नदी दोहनमा लागेको तथ्य बाहिर आएको छ । नदीमा वडा अध्यक्ष मुसलमानकै लगानी भएपछि गाउँपालिकासमेत मौन भएर बसेको स्थानीय रोहन थारुले बताए । नदीमा चरम दोहन भइरहँदा सम्बन्धित निकाय बेखर बसेको स्थानीय आरोप लगाएका छन ।स्थानीयले प्रहरी, प्रशासन, जनप्रतिनिधि र ठेकेदारहरुको मिलेमतोमा नै नदी दोहन भइरहेको आरोप लगाएका छन । ठेकेदारले राज्यको सम्पत्ति दोहन गर्नुमा स्थानीय पालिका नै दोषी भन्दै स्थानिय आक्रोसित छन । केही दिन अगाडी मनोमानी ढंगले नदीजन्य पदार्थ निकासी भएछि विरोध जनाउँदै नदी दोहन रोक्न पालिकाममा निवेदन समेत दिएका थिए तर सम्बन्धित निकायको मिलेमतो भएका कारण उनीहरुको सुनुवाई नहुनुले समेत वडा अध्यक्ष मुसलमानको प्रभाव प्रष्ट देखिन्छ । यति मात्र होइन नक्कली विल प्रयोग गरी नदि जन्य सामाग्री निकासी भइरहदाँ समेत स्थानिय तहले वेवास्ता गरेको छ ।
स्थानियले ठेकेदारहरुले मापदण्ड विपरीत नदीजन्य पदार्थ निकासीमा लुटतन्त्र मचाएको बताएका छन । यसरी खोलामा दोहन भइ रहँदा पर्यावरण वातावारणमा ठुलो असर पर्ने भए पनि सम्बन्धित निकायले कानमा तेल, आँखामा पट्टी बाँधेर बसेको स्थानीयले गुनासो गरेका छन । मापदण्ड विपरीत उत्खनन भएकाले खोलामा बाढी आउँदा नदी कटान सगै बस्ती जोखिममा परेको छ ।
लगातार बाटोमा टिप्पर दौडि रहँदा जनताको स्वास्थ्यमा असर परेको बताएका छन । दिनभरी टिप्परका दौडानले स्थानीयबासीलाई दिक्कदार बनाएको छ । उनीहरुले ठेकेदारलाई बाटोमा पानी हाल््न भने पनि नसुनेँ झैँ गरेको बताए । यता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोमाराम रिजालले मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गर्ने ठेकेदारलाई कारवाही गर्ने बताए । उनले ठेकेदारले सम्झौता, नियम विपरीत नदीजन्य पदार्थ उत्खनन सङ्कलन, व्यवस्थापन गरेको पाइएका जिल्ला समन्वयन समितिले अनुगमन गर्ने साथै लगायत गाउँपालिकाको टीमले कारवाही गर्ने बताए पनि हाल सम्म कुनै पनि निकायले खोलामा अनुगमन गर्न पुगेका छैनन ।
प्रतिक्रिया