Developed By Kuldeep Sharma

४ हप्ता अगाडि

सौन्दर्यकरण गरिँदै ‘चन्द्रौटा बजार’

गाउँदेखि शहरसम्म र पहाडदेखि तराइसम्मका बिसौनी क्षेत्रको रुपमा विकासित भएको ‘चन्द्रौटा बजार’ ,यतिखेर सुन्दरिकरणको यात्रामा छ । शिवराज नगरपालिकाले चालू आर्थिक वर्षदेखि बजारलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने योजना अघि बढाएको छ, जसअन्तर्गत डिभाइडरमा फूल रोप्ने काम तीव्र गतिमा भइरहेको छ ।
नगरपालिकाले बजारको मुहार फेर्ने उद्देश्यसहित सुरु गरेको यो अभियानलाई नगरप्रमुख अजय थापाले ‘सामूहिक जिम्मेवारी’ को संज्ञा दिएका छन । “बजार सुन्दर बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ,” उनले भने, “हामीले आधारभूत पूर्वाधारमा सुधार गरिसकेका छौं, अब सौन्दर्यकरणको दिशामा अघि बढिरहेका छौं ।” सडकमा राखिएका गमलामा चार थरीको फुल हुने छन । गर्मीको समयमा फुलहरु फुल्नेछन भने,जाडो समयमा हरियाली हुन्छ । नगरको रुद्रपर धर्मनगर शिवपुर खरेन्द्रपुर हाटबजार,चन्द्रौटा हाइमास्ट, लगाइने भएको छ । पालिका भित्रका विभिन्न ठाउँमा सिसिटिभि क्यामरा समेत जडान गरिने मेयर थापाले बताए । चन्द्रौटा क्षेत्रमा चार वटा तयारी प्रतिक्षालय राखिने गरि निर्माण भइरहेको बताइएको छ । त्यस्तै बजार क्षेत्रमा स्तनपान कक्ष समेत निर्माण गरिने मेयर थापाल जनाकारी दिए ।
नगरपालिकाले सार्वजनिक शौचालय, चोकमा शुद्ध खानेपानीको सुविधा र सरसफाइमा समेत विशेष ध्यान दिएको छ । यसले यात्रु तथा सर्वसाधारणलाई सहज बनाएको स्थानीय व्यवासायि जितेन्द्र मौर्य बताउँछन । “विगतको तुलनामा अहिले चन्द्रौटा बजार निकै सफा र व्यवस्थित देखिन्छ,”उनले भने ।
सौन्दर्यकरणको अभियानमा स्थानीय व्यवसायीहरू पनि साथ दिइरहेका छन । उनीहरूले बजारको दीर्घकालीन सुन्दरता कायम राख्न पार्किङ व्यवस्थापन, हरियाली संरक्षण,सडक छेउका संरचनाको आकर्षक रूपान्तरण र नियमित सरसफाइ आवश्यक रहेको सुझाव दिएका छन । व्यवसायी प्रेमकला पौडेल भन्छिन,“फूल रोप्दैमा मात्रै बजार सुन्दर हुँदैन, समग्र वातावरणमै सुधार आवश्यक छ,सरसफाई आर्कषक डिजाइन बनाउनुपर्छ, ।” चन्द्रौटा बजारको रुपान्तरणले केवल दृश्यात्मक सौन्दर्य मात्र होइन, यहाँको जीवनशैली, स्वास्थ्य र स्थानीय पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । स्थानीय सरकार, व्यवसायी र समुदायबीचको सहकार्यले चन्द्रौटालाई आधुनिक र सुन्दर बजारका रूपमा चिनाउने अभियानलाई सफल बनाउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma