Developed By Kuldeep Sharma

३ हप्ता अगाडि

सौन्दर्यकरण गरिँदै ‘चन्द्रौटा बजार’, रोपियो २ सय फुलका विरुवा

गाउँदेखि शहरसम्म र पहाडदेखि तराइसम्मको व्यापारिक क्षेत्रको रुपमा विकसित भइरहेको चन्द्रौटा बजार क्षेत्र यतिखेर सुन्दरिकरणको यात्रामा छ । शिवराज नगरपालिकाले चालू आर्थिक वर्षदेखि बजारलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने योजना अघि बढाएको छ, जसअन्तर्गत सोमवार बजारको सडक पूर्वपश्चिम राजमार्गको डिभाइडर बिचमा मधुकामिनी,कल्की सिकोमा, करविर लगाएत विभिन्न प्रजातिका २ सय फुलका विरुवा रोपिएको छ । नगरपालिकाले बजारको मुहार फेर्ने उद्देश्यसहित सुरु गरेको यो अभियानलाई नगर प्रमुख अजय थापाले ‘सामूहिक जिम्मेवारी’ को संज्ञा दिनुभएको छ । “बजार सुन्दर बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नु पर्ने मेयर थापाले बताउनु भयो ।
सडकमा राखिएका गमलामा चार थरीको फुलका विरुवा रोपिएका छन । गर्मीको समयमा फुलहरु फुल्नेछन भने,जाडोको समयमा हरियाली हुनेछ । सडकमा विरुवा रोपेर बजार सुन्दरीकरण संगै नगरको रुद्रपर धर्मनगर शिवपुर खरेन्द्रपुर हाटबजार,चन्द्रौटामा हाइमास्ट, लगाइने भएको छ ।सौन्दर्यकरणको अभियानमा डिभिजन वन कार्यालय गौत्तमबुद्ध, डिभिजन सडक कार्यालय शिवपुर, वडा प्रहरी कार्यालय, मानव अधिकार प्रतिष्ठान, कपिलवस्तु होटल व्यवसायि संघ लगायतको सहभागितमा विरुवा रोपिएको हो चन्द्रौटालाई आधुनिक र सुन्दर बजारका रूपमा चिनाउने अभियानलाई सफल बनाउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma