Developed By Kuldeep Sharma

३ हप्ता अगाडि

शिवराज अस्पतालमा विशेषज्ञ सेवा सुभारम्भ

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा बहादुरगंज रहेको विर अस्पताल पछिको नेपालकै दोस्रो अस्पतालको रुपमा स्थापना भएको े शिवराज अस्पतालमा आजबाट विशेषज्ञ सेवा सुरु भएको छ । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट कृष्णनगर नगरपालिका र अस्पतालको सहकार्यमा हप्तामा २ जना विशेषज्ञ डाक्टरहरुबाट विरामी चेकजाँच गरिने भएको ।
विशेषज्ञ सेवाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले अस्पतालबाट विरामीलाई अझ गुणस्तरिय र विशेषज्ञ सेवा सुरु भएको बताउनु भयो । विषेशज्ञ सेवा अन्तर्गत आज ४५ जना बिरामीले सेवा लिएका छन् जसध्ये १५ जना वालरोग,३९ जना इएनटिका बिरामी रहेका छन् ।
शिवराज अस्पतालले विरामीलाई इमर्जेन्सी,ल्याब, २४सै घण्टा इमरजेन्सी सेवा प्रदान गर्दै आएकोमा आजबाट सुरु भएको विशेषज्ञ सेवाले विरामीलाई अझ सुविद्या पुग्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डाक्टर विनोद बढईले बताउनु भयो ।
विषेशज्ञ सेवाको सुभारम्भ गर्दै अस्पताल ,पालिका र देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटको सहकार्यमा विरामीलाई चेकजाँच उपचार गरिने बालरोग विषेशज्ञ डाक्टर लक्ष्मण पौडेलले बताउनु भयो ।
शिवराज अस्पतालको स्तरसुधार संगै विरामीलाई विशेषज्ञ सेवा प्रदान गरि यस क्षेत्रका विरामीलाई उपचारका लागी छिमेकी मुलुक भारत , बुटवल र काठमाण्डौ जानु पर्ने बाध्यतालाई न्यूनिकरण गर्ने लक्ष्य सहित सेवा संचालन गरिएको कृष्णनगर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खेमराज देवकोटाले बताउनु भयो ।
अस्पतालमा नियमित रुपमा विशेषज्ञ सेवा संगै गुणस्तरिय ल्याव, माइनर अपरेशन, रोग स्क्यानिग गरी नागरिकको विश्वास जित्न सके पक्कै पनि नगरपालिका र अस्पतालले लिएको लक्ष्य पुरा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma