Developed By Kuldeep Sharma

११ महिना अगाडि

चन्द्रौटाबाट स्रोत नखुलेको साढे ४२ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

कपिलवस्तु,
वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले स्रोत नखुलेको ४२ लाख ६३ हजार रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
आइतबार दिउँस  शिवराज नगरपालिका–५, ग्यालेक्सी टोलस्थित एक घरमा विशेष सूचनाको आधारमा छापा मारेर उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारत घर बताउने २२ वर्षिक अनिस कुमार रहेको प्रहरिले जनाएको । उक्त घर बाट पैसा गन्ने मेसिन,लगायत मोबाइल अन्य कागजात समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहका अनुसार बरामद हुन्डी लगायत अवैध कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma