शिवराज नगरपालिकाको समग्र विकासको लक्ष्यसहित राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेसँग भेटवार्ता गरिएको छ। सोमबार सम्पन्न उक्त छलफलमा नगरपालिकाका उपप्रमुख शिवकुमारी थारु, वडा नं. १ का अध्यक्ष खिम विक्रम केसी, वडा नं. ५ का अध्यक्ष नेत्र प्रसाद बेल्वासे, ढुन्डिराज अधिकारी शुशिला खनाललगायतको सहभागिता रहेको थियो।
भेटका क्रममा उपाध्यक्ष घिमिरेले शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रको समुन्नत विकासका लागि संघीय सरकारस्तरबाट आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुभयो। उहाँले आगामी आर्थिक वर्षका योजनाहरूमा शिवराज नगरपालिकालाई प्राथमिकतामा राखेर समावेश गराउने पहल गर्ने स्पष्ट पार्नुभयो।
उपप्रमुख थारुले केन्द्रबाट योजनाहरू पारित भएमा पालिकाको समृद्धि सुनिश्चित गर्न सजिलो हुने धारणा राख्नुभयो। वडा अध्यक्षहरूले आ–आफ्नो वडाका आवश्यकता र सम्भाव्य परियोजनाहरूको जानकारी दिँदै आवश्यक सहयोगका लागि अनुरोध गर्नुभएको थियो।
प्रतिक्रिया