Developed By Kuldeep Sharma

५ महिना अगाडि

रोटरीमा पौडेल, रोट्र्याकमा चौधरी

रोटरी क्लब अफ कपिलवस्तु र रोट्र्याक्ट क्लब अफ कपिलवस्तुको संयुक्त पद हस्तान्तरण समारोह भव्य रुपमा सम्पन्न भएको छ।

२०२४–२०२५ कार्यकालका अध्यक्ष बालकृष्ण पाण्डेले नयाँ कार्यकाल २०२५–२०२६ का लागि युवराज पौडेललाई रोटरी क्लबको अध्यक्ष पद हस्तान्तरण गरेका हुन्। सोही अवसरमा रोट्र्याक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष विष्णु पाण्डेले आगामी कार्यकालका अध्यक्ष प्रकाश चौधरीलाई पद सुम्पिएका छन्।

कार्यक्रममा विगतका गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्ययोजनाहरू पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुन कुमार केसिले रोटरी तथा रोट्र्याक क्लबद्वारा सामाजिक सेवामा गरिएको योगदानको प्रशंसा गर्दै निरन्तर सक्रियताका लागि शुभकामना व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma