Developed By Kuldeep Sharma

५ महिना अगाडि

शिवगढीका किसानलाई वडाले दियो ५० प्रतिशत छुटमा मिनि टिलर

कपिलवस्तू –शिवराज नगरपालिका वडा नं ९ ले वडाका किसानहरुलाई ५० प्रतिशत छुटमा मिनी टेलर वितरण गरीएको छ । आईतबार वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी वडाले वडा भित्र व्यवसायिक रुपमा कृषि गर्दै आउनु भएका किसानहरुलाई एक कार्यक्रमको आयोजना गरी वडाको १३ र नगरको ४ गरी १७ वटा टिलर बितरण गरेको हो ।


खेतीको समयमा आफुले चाहेको समयमा खन जोत गर्न नपाई सास्ती भोग्दै आएका किसानले ५० प्रतिशत छुटमा मिनी टिलर पाए पछि हर्षित र राहत महसुस छन ।
वडा अध्यक्ष रामगोपाल चौधरीले वडामा फर्म दर्ता गरी व्यवसायिक रुपमा कृषि गर्दै आउनु भएका किसानको पहिचान गरी मिनी टिलर बितरण गरीएको बताउनु भयो । माग गर्ने किसानको संख्या बढी भएको कारण सबैलाई दिन नसकिएको र आगामी दिनमा बिस्तारै सबै किसानको माग पुरा गर्ने प्रयास गरीने चौधरीको भनाई छ ।
मिनी टिलर पाए पछि धेरै सहज हुने स्थानीय किसान बलेश्वर थारुले बताउनु भयो टिलर पाए पछि यसलाई सही सदुपयोग गर्न पनि सुझाव दिनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma