
कपिलवस्तु,
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटामा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयले उद्यमशिलता चुनौती परियोजना अन्तर्गत “खाजा महोत्सव” आयोजना गरेको छ। कक्षा १० का विद्यार्थीहरूले श्रम र सीपको महत्व बुझ्ने उद्देश्यले उक्त महोत्सवको आयोजना गरेका हुन्।
कार्यक्रम अन्तर्गत तीन समूहमा विभाजित विद्यार्थीहरूले १३ प्रकारका स्वादिष्ट परिकारहरू तयार पारी प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले आफैंले बनाएका परिकारहरू बिक्री समेत गरेका थिए।
विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्ने र उद्यमशीलता तर्फ प्रेरित गर्ने उद्देश्य राखिएको थियो। नगरप्रमुख अजय थापाले खाजा महोत्सवको अवलोकन गर्दै विद्यार्थीहरूले प्रस्तुत गरेको सीप सराहनीय रहेको बताउँदै, यस्तो अभ्यासले उनीहरूलाई भविष्यमा आत्मनिर्भर बन्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत पौडेल, पूर्व नगरप्रमुख नेत्र अधिकारी, समाजसेवी महादेव पोखरेल, इश्वरि पाण्डे ,वडा अध्यक्ष टेकलाल सापकोटा लगायत अभिभावक तथा स्थानीयको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया