Developed By Kuldeep Sharma

७ महिना अगाडि

सामाजिक सञ्जालमार्फत रक्तदान गर्न पुगे एसपी

कपिलवस्तु, 
कपिलवस्तु अस्पताल तौलिहवामा उपचाररत एक सुत्केरी आमा रगत अभावका कारण गम्भीर अवस्थामा पुगेकी छन् । सात महिनाको गर्भ गुमाइसकेकी ती महिलालाई चिकित्सकहरूले तत्काल चार पोका एबी पोजेटिभ रगत आवश्यक रहेको बताए । तर निरन्तर खोजी गर्दा पनि रक्तसञ्चार केन्द्रबाट एक पोका मात्र उपलब्ध भएपछि परिवारजनले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गर्नुपरेको थियो ।

पत्रकार बासुदेव बर्माले फेसबुकमार्फत गरेको अपिल सशस्त्र प्रहरी बल २८ नम्बर गणका उपरीक्षक (एसपी) नेत्र केसीको नजरमा परेपछि उनले कुनै ढिलाइ नगरी रक्तदान गरेका हुन् । पोसाक फेरेर सीधै रेडक्रस सोसाइटी तौलिहवा पुगेका केसीले जीवन बचाउन आफ्नो हात चढाए । तर चिकित्सकका अनुसार बिरामीलाई अझै दुई पोका रगत आवश्यक छ ।

स्वास्थ्यकर्मीहरूले कपिलवस्तुमा रगतको गम्भीर अभाव रहेको बताएका छन् । सदरमुकाममै रहेको रक्तसञ्चार केन्द्रमा पनि पर्याप्त रगत नपाउँदा आकस्मिक अवस्थामा उपचारमा चुनौती थपिएको छ । उनीहरूका अनुसार नियमित रक्तदान गर्ने संस्कृतिको कमी नै मुख्य समस्या हो ।

“रगत आवश्यक पर्दा मात्रै मानिसहरू सक्रिय हुन्छन्, तर नियमित रक्तदान गर्ने बानी निकै कमजोर छ,” एक स्वास्थ्यकर्मीले बताए । उनका अनुसार दुर्घटना, शल्यक्रिया वा आकस्मिक अवस्थामै बढी समस्या देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma