कपिलवस्तु । शिवराज नगरपालिका–३ सोनवागढमा आयोजित बोलबमधामको आयव्यय सार्वजनिक गरिएको छ। पहिलो पटक आयोजना गरिएको बोलबमधाम धार्मिक र सांस्कृतिक पर्वको रूपमा स्थापित भएको र करिब ३० हजार भक्तजनहरूको सहभागिता भएको आयोजक समितिले जनाएको छ।
मङ्गलबार सोनवागढ मन्दिर परिसरमै आयोजना गरिएको कार्यक्रममा बोलबमधाम आयोजक समितिले कुल रु. ४ लाख १२ हजार ४ सय ९३ को आयव्यय सार्वजनिक गरेको हो। बोलबमबाट आम्दानी ४ लाख १२ हजार ४ सय ९३ भएको छ भने खर्च ३ लाख ३९ हजार ९ सय ३२ रहेको छ । बोलबम धाम बाट रु ७२ हजार ५ सय ५५ बचत रहेको समितिका कोषाध्यक्ष कृष्णकुमार थारूले बताए । दानपेटिका, सहयोगी दाताबाट प्राप्त नगद सहयोग तथा विभिन्न सामग्री वापत सो रकम संकलन थारुको भनाइ छ ।

कार्यक्रममा आयोजक समितिका अध्यक्ष हर्जु थारूले बोलबमधाम सफल बनाउन आर्थिक, भौतिक वा श्रमदानमार्फत सहयोग गर्ने सम्पूर्ण श्रद्धालु, स्थानीयवासी तथा संघ–संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस धामलाई अझ व्यवस्थित र आकर्षक बनाउन निरन्तर पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।
त्यस्तै, समितिका पूर्व अध्यक्ष राजु खरालले यस पटकको बोलबमले सोनवागढ मन्दिरलाई अझ व्यापक प्रचार–प्रसार मात्र नभई धार्मिक पर्यटनको दृष्टिले समेत महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो। उहाँले भक्तजनहरूको बढ्दो सहभागिता देखेर आगामी दिनमा अझ ठूलो संख्यामा श्रद्धालुहरूको आगमन हुने विश्वास व्यक्त गर्नुभयो । यस्ता धार्मिक कार्यले भितरिया सोनवागढबासीलाई आर्थिक सवलिकरण गर्न मद्वत पुग्ने खरालले बताउनुभयो । गाउका नागरिकहरुले स्थानीय उत्पादनलाई प्रयोग गरि आर्थिकसग जोड्न सकेमा नागरिकहरुको जिवनस्तर सुधारिने बताउनुभयो ।
प्रतिक्रिया