कपिलवस्तु । सुर्य ज्योती लाइफ इन्स्योरेन्स चन्द्रौटा शाखाले शनिबार लुम्बिनी ग्रीन रिसोर्टमा भव्य रूपमा एजेन्सी अभिमुखिकरण तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि रूपमा उपस्थित रिजनल प्रमुख विकास अधिकारीले बीमा एजेन्सी सञ्चालन गर्ने तरिका, कम्पनीले प्रदान गरेका अवसर र चुनौती, साथै समाधानका उपायहरूबारे विस्तृत प्रशिक्षण दिनुभयो। उहाँले बीमा व्यवसायलाई समाजमा विश्वासिलो र जनमुखी बनाउन एजेन्सीहरूको भूमिका निर्णायक रहेको उल्लेख गर्दै पारदर्शिता, अनुशासन र सेवामुखी कार्यशैलीमा जोड दिनुभयो।
शाखा प्रमुख युवराज पौडेलले सुर्य ज्योती लाइफ इन्स्योरेन्सले बीमा व्यवसायलाई ग्राहकमैत्री बनाउन निरन्तर प्रयासरत रहेको जानकारी दिनुभयो। उहाँले कार्यक्रममार्फत एजेन्टहरूको सीप विकास, व्यवसायिक सक्षमता अभिवृद्धि र उत्साह बढाउन चाहेको बताउँदै बीमा क्षेत्रलाई अझै प्रभावकारी बनाउन शाखा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा करिब ६० जना बीमा एजेण्टहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने एजेन्सीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
तीज पर्वको अवसर पारेर गरिएको यस कार्यक्रमले बीमा व्यवसायसँगै सामाजिक तथा सांस्कृतिक एकता प्रवर्द्धन गर्ने उद्देश्य समेत राखिएको थियो। सहभागीहरूले आपसी शुभकामना आदानप्रदान गर्दै पर्वलाई आपसी सद्भाव र भाईचारा सुदृढ गर्ने अवसरका रूपमा उपयोग गरेका थिए।
प्रतिक्रिया