Developed By Kuldeep Sharma

६ महिना अगाडि

चन्द्रौटा–काठमाडौं यात्रामा सुविधा सम्पन्न बुद्धभूमि मेट्रो बस सञ्चालन

कपिलवस्तु

चन्द्रौटा–काठमाडौं मार्गमा सुविधा सम्पन्न बुद्धभूमि मेट्रो बस सेवा सञ्चालनमा आएको छ । यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै नयाँ बस सेवा सुरु गरिएको हो । आइतबार लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले उद्घाटन गर्दै बस आरमदायी सेवा उपलब्ध गराउनुपर्ने बताए ।

oplus_0

सञ्चालक तारा प्रसाद घिमिरेका अनुसार गर्मी महिनामा एसी र जाडो महिनामा हिटर जडान गरिएको छ । यस्तै सञ्चालक दीप केसीले बसमा फ्रि वाईफाई, मिनरल वाटर, सिट बेल्ट, मोबाईल चार्ज गर्ने सुविधा, पत्रिका, फायर सस्पेन्सर र स्लिपर सीट लगायतका व्यवस्थाहरु गरिएको जानकारी दिए ।

४० सिट क्षमताको यो एसी जडित डिलक्स बस अन्य साधारण बसको तुलनामा निकै आरामदायी रहेको जनाइएको छ । बसका अँगाडि र पछाडिका सिटमा समान सुविधा उपलब्ध गराइएको छ, जसले गर्दा यात्रामा असुविधा नहुने बताइएको छ ।

सञ्चालक दामोदर पगेनीका अनुसार ठूलाठूला सिटसहित तोकिएको समयमा मात्र चल्ने, बीचमा लोकल यात्रुका लागि नरोकिने र यात्रुको मागअनुसार सुविधासम्पन्न होटलमा खाना–नास्ता खाने व्यवस्था गरिएको छ । बुद्धभूमि मेट्रो बस चन्द्रौटाबाट हरेक साँझ ६:१५ बजे र काठमाडौंबाट हरेक साँझ ७ बजे छुट्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma