Developed By Kuldeep Sharma

समृद्ध रुपन्देहीको खाकासहित पाण्डेको घोषणापत्र सार्वजानिक

नेपाली कम्युनिष्ट पार्टी रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विश्वदीप पाण्डे शुभाषले समृद्ध रुपन्देहीका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
बुटवललाई काठमाडौं बाहिरको शैक्षिक राजधानी बनाउने, प्रतिभा पलायन रोक्ने, विपन्नलाई निःशुल्क खाद्यान्न, सुकुम्बासी समस्याको दीर्घकालीन समाधान दिने, हाइटेन्सन लाइनको वैज्ञानि व्यवस्थापन गर्ने, बुटवलमा नमुना अटो भिलेज निर्माण गर्ने जस्ता एजेन्डालाई पाण्डेले प्राथमिकतामा राखेका छन् ।

पाण्डेले आफ्ना एजेन्डालाई शिक्षा, जनस्वास्थ्य, युवा, लैंगिक समानता तथा भौतिक पूर्वाधार जस्ता पाँच शीर्षकमा छुट्टाएका छन् ।
भैतिक निर्माणतर्फ उनले लामो सूची तयार परेका छन् । जसअन्र्तगत पूर्वाधारमा लगानी वृद्धि, हिलो धुलोमुक्त आधुनिक र सुरक्षित सडक, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण, ठूला र सुविधाजनक सार्वजनिक सवारी साधनमा प्रोत्साहन, सुरक्षित र व्यवस्थित सहरमा जोड, विद्युतीय भुक्तानीलाई थप व्यवस्थित पार्ने, विद्युतीय हाइटेन्सन लाईनको विवाद रहीत व्यवस्थापन, पार्कहरुको विकास तथा विस्तार र उमेर समुह अनुसार पार्कको मोेडालिटी तयार, बटौली बजार अर्थात् पारी बुटवललाई प्राचिन सांस्कृतिक शहरका रूपमा विकास गर्ने जस्ता एजेन्डा समावेश भएका छन् ।
त्यस्तै सुखौरा खोला, तिनाउ नदी, दानव नदी तथा रोहिणी नदीले वार्षिक रूपमा पार्दे आएका क्षतीलाई दीर्घकालीन समाधान, भुम्सा खानेपानी तथ तिनाउ नदीको पानी पूर्ण प्रशोधन तथा वितरण, बुटवलको रात्रिकालीन बजार सञ्चालन, यातायातको रात्रिकालीन व्यवस्था, मोतीपूर औद्योगिक क्षेत्र निर्माण, धार्मिक क्षेत्रलाई अझै व्यवस्थित गर्ने जस्ता विषय पनि एजेन्डामा समावेश छन् ।
यता चुरे क्षेत्रलाई पर्यटकीय विकास, जितगढी किल्ला, नुवाकोट गढी, सेन दरबारको पहिचान र रामापिथेकस क्षेत्रलाई पर्यटन हवको रूपमा विकास गर्ने, सेवा लिन लाइन बस्नु पर्ने झन्झटको अन्त्य, फोहोरलाई मोहरमा परिणत गर्ने, ‘बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’लाई व्यवस्थित र नियमित सञ्चालनका लागि कार्यक्रमहरू गर्ने, सैनामैना र तिलोत्तमा क्षेत्रका खेतीयोग्य भूमिको संरक्षण गर्दै व्यवसायिक कृषिका लागि सिँचाई, मल, बिउबिजन र ट्याक्टर, टिलर लगायतका र कृषिजन्य सामग्रीका लागि राहत उपलब्ध गराउने, ज्योती नगरको पहिरोलाई समाधन गर्ने जस्ता विषय आफना घोषणा पत्रमा उल्लेख छन् ।

शिक्षातर्फ नागरिकका लागि आवश्यक पर्ने विषय समावेश गरेर घोषणा पत्र सार्वजानिक भएको छ । घोषणा पत्र अनुसार सामुदायिक विद्यालयहरुमा पूर्वाधार तथा जनशक्ति अभाव हुन नदिने, बुटवल बहुमुखी क्याम्पसको विज्ञान संस्थानका पिएचडी कक्षासम्म सञ्चालन गर्ने, प्रविधिक तथा व्यवसायिक शिक्षा सञ्चालन, बुटवल टेक्निकल इन्सिच्युट (बिटिआई) लाई इन्जिनियरिङ कलेजमा उन्नती, अटो इन्जिनियरिङ कलेज सञ्चालन, बुटवललाई शैक्षिक राजधानी बनाउने जस्ता विषय समावेश भएका छन् ।

त्यस्तै जनस्वास्थ्यतर्फ लुम्बिनी प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरमा सुविधा वृद्धि गर्ने, क्यान्सर विरामीलाई सेवा थप, आवास गृह निर्माण, उपचार कोषको व्यवस्था जस्ता विषय समावेश छन् । त्यस्तै रुपन्देही २ को प्राकृतिक चिकित्सालयलाई स्तरोन्नति, आधारभूत स्वास्थ्य, जटिल र दीर्घकालीन प्राकृतिक रोगको निःशुल्क उपचार, स्वास्थ्य विमा कार्र्यक्रमलाई व्यवस्थित, ट्रमा सेन्टरेको सम्भाव्यता अध्यायन तथा कार्यान्वय जस्ता विषय समावेश छन् ।

यता युवा, खेलकुद तथा अतिरिक्त क्रियाकलापतर्फ प्रतिभा पलायन रोक्ने, मेरो देश, मैले मेरै पालामा बनाउँछु भन्ने भावना जागृत गर्ने, कृषि आर्गानिक स्टोर स्थापना, बुटवल तथा सैनामैनाका विभिन्न स्थानमा रंगशाला, कवर्ड हल, पदक विजेतालाई प्रोत्साहन, विज्ञान तथा प्रविधिमा जोड दिइएको छ ।

त्यस्तै लैंगिक समानता, समावेशिता र सामाजिक परिचालनतर्फ जातीय, लैंगिक, सामाजिक विभेदको व्यवहारिक रूपमा अन्त्य, हिंसामुक्त सुरक्षित समाजको निर्माण तथा हिंसापीडितलाई सुरक्षा केन्द्रको स्थापना, विपन्नलाई स्वरोजगार, सहुलियत दरमा खाद्यान्न, नमुन वस्ती निर्माण जस्ता विषय समावेश गरिएका छन् ।

घोषणा पत्र सार्वजानिक गरेपछि पाण्डेले आफ्ना एजेन्डा केवल नारामा मात्रै सीमित हुन नदिइकन व्यवहारमै कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma